कञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा उम्मेदवार छनौटको विषयमा एमालेभित्र चुलिएको विवादले निरन्तरता पाएको छ ।

क्षेत्र २बाट टिकट छनौटको विषयलाई लिएर एमाले प्रभावशाली नेता जयराज पाण्डे र टेक बहादुर हमालले संयुक्त पार्टी परित्याग गर्दै पार्टी निर्णय बिरुद्धमा कदम चालेका थिए ।

दुवैले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेपनि अन्तत हमालले मात्रै स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन । पाण्डे र हमाल क्षेत्र २(क)बाट प्रदेश सभा सदस्यमा सिफारिस भएका थिए । उनीहरुले सिफारिस भन्दा संघ तर्फ सिफारिस भएका टुरिष्ट नेतालाई उम्मेदवार बनाएको भन्दै बिरोधमा उत्रिएका थिए । हमालले क्षेत्र २(क)बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका हुन । उनले एमाले पाटी परित्याग गर्दै स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रिएका छन । हमाल तत्तकालिन झलारी गाविस अध्यक्ष हुन । उनी क्षेत्र २ एमालेमा प्रभावशाली नेताकै रुपमा चिनिन्छन । उनको टिकट खोसिएपछि एमाले नेता कार्यकर्ता रुष्ट भएका छन । २(क)बाट एमाले युवा संघका पुर्व अध्यक्ष बचन सिहले टिकट पाएका छन । लामो समयदेखि पार्टीमा ईमान्दार भएर काम गरेका हमालले पार्टी परित्याग गर्र्दै स्वतन्त्र उम्मेदवारीदिएर चुनावमा होमिएसंगै उनका साथसर्मथकहरुले फिर्ता नहुन ढाडस दिईरहेका छन । पार्टीले घात गरेको भन्दै आधिकारिक उम्मेदवार बिरुद्धमा चुनावी मैदानमा होमिएका हमाललाई शुक्लाफाँटा र कृष्णपुरका नेता कार्यकर्ताको साथ सर्मथन रहेको एक एमाले नेताले बताए । एमाले कञ्चनपुरका उपसचिव समेत रहेका कर्ण बहादुर चन्दले समेत ३(क)मा पार्टीले सिफारिस भएका ईमान्दार नेता कार्यकर्तामाथि घात गरेको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका छन । उनले एमालेले जित्ने क्षेत्र नै राप्रपालाई लिएको भन्दै तिव्र असन्तुष्ट हुँदै चुनावी मैदान नछाडने अडानमा छन ।

प्रतिक्रिया दिनुस