बैतडी भाद्र २३ ,सरकार द्धारा प्रतिबन्धित नेकपा निकट विद्यार्थी संगठनका २ जना नेतालाई बैतडीबाट प्रहरीले पक्राउ गरेको छ। अखिल क्रान्तीकारीका ध्वनी धामी र खगराज नेपालीलाई प्रहरीले पक्राउ गरेको हो। दुबैजनालाई प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्वर ६ धौलिढुंगास्थित लटिनाथ आधारभुत विद्यालयवाट नियन्त्रणमा लिएको प्रहरी जनाएको छ।उक्त विद्यालयमा आफ्नो संगठन विस्तार गरिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिनुभयो।
अखिल क्रान्तीकारीले दुबै विध्यार्थी नेतालाई निसर्त रिहाईका लागि माग गरेका छन । आज अखिल क्रान्तिकारीसेतिमहाकाली क्षेत्रीय समन्वयसमिति प्रेस विज्ञप्ति जारी गरिएको छ । ध्वनी धामी र खगराज नेपाली लाई झुठो मुद्दामामा फसाउने षड्यन्त्र गरि बन्धक बनाएर राखिएको र विद्यार्थीहरुको हरु हकहितका लागि संघर्षरत विद्यार्थी नेताहरु माथीको दमन धरपकड रोक्न आग्रह गर्दा पनि आफ्नै कानुनको उल्लंघन गर्दै स्वतन्त्रतापूर्वक हिडडुल गर्न पाउने ,बोल्ने पाउने , विद्यार्थीको पढन पाउने मौलिकहक हनन गर्दै सम्पुर्ण मानवअधिकार विरोधी हर्कत यो राज्य र यसको प्रशासन बाट हुँदै आएको छ जसको मूल्य दलालहरु र तिनका मतियाहरु लाई महङ्गो पर्नेछ । पन्चायत कालमा समेत विद्यार्थी सङ्गठन र विद्यार्थी नेताहरु माथी नभएका हर्कतहरु यो राज्यले गरिरहेको छ जो असाध्यै घृणित र निन्दनीय कुकर्म हो साथै यो भन्दा ठूलो मानवताविरोधी हर्कत दुनियाँमा कहिकतै भेटिदैन ।
कथित कम्युनिस्ट सरकार र लोकतन्त्रको नाममा भैरहेको गुण्डागर्दी ,सम्पुर्ण मानवताविरोधी हर्कतका विरुद्धमा उभिन र यसको भन्डाफोर गर्न सम्पुर्ण पत्रकार मित्रहरू , मानवअधिकारवादी संघसंस्था , कानुन व्यवसायी , बुद्धिजीवी वर्ग लगायत आमजनसमुदाय हार्दिक अपिल गर्दछौं ।यस्ता सम्पुर्ण मानवाधिकार विरोधि कुर्कम , सत्ता र शक्तिको खोलमा भै रहेको गुन्डागर्दी रोकि गिरफ्तार सङ्गठनका दार्चुला जिल्ला संयोजक ध्वनी धामी र खगराज नेपाली लाई निसर्त ससम्मान रिहाईका लागि जोडदार माग गर्दै अखिल क्रान्तिकारी सेतिमहाकाली क्षेत्रीय समन्वयसमिति प्रेस विज्ञप्ति जारी गरिएको छ ।