महेन्द्रनगर । प्रेस सेन्टर कञ्चनपुरले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदको निर्वाचनमा कञ्चनपुरबाट बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउन रणनीतिक रुपमा काम गर्ने निर्णय गरेको छ ।

प्रेस सेन्टर कञ्चनपुरका अध्यक्ष अरुण भट्टको अध्यक्षतामा आज शुक्रबार महेन्द्रनगरमा बसेको बैठकले कञ्चनपुर जिल्लामा रहेका तिन वटै निर्वाचन क्षेत्रमा प्रेस सेन्टर कञ्चनपुरका पदाधिकारीहरुलाई जिम्मेवारी दिई खटाइएको छ । जिल्लामा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेका प्रतिनिधिसभाका तीन जना उमेदवार र प्रदेश सभाका छ जना उम्मेदवारहरुलाई विजयी गराउन प्रेस सेन्टरले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने बताएको छ । उमेदवारका सम्पूर्ण सूचना तथा जानकारीहरु आम जनसमुदाय सम्म विभिन्न आमसञ्चारका माध्यमहरु प्रयोग गरी पुर्याउने तथा उमेद्वार र जनता बिच सुमधुर सम्बन्ध बनाउन विभिन्न योजनाहरु सहित लाग्ने जिल्ला अध्यक्ष भट्टले बैठकमा योजना पेश गरेका छन्। सेन्टरका जिल्ला अध्यक्ष भट्टले वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन सूचना प्रविधिसँग जोडिएका विभिन्न योजनाहरु पेस गर्नुभएको थियो । शुक्रबार भएको बैठकमा प्रेस सेन्टरका केन्द्रीय सचिव राजेन्द्र अवस्थि प्रमुख अतिथि रहनु भएको थियो । निर्वाचनमा केन्द्रीय पदाधिकारी तथा प्रदेशका पदाधिकारीहरुलाई समेत आफ्नो निर्वाचन क्षेत्रहरुमा जिम्मेवारी तोकिएको छ । बैठकमा केन्द्रीय सदस्य मदन राज जोशी, श्वयता भट्ट लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । बैठकले जिल्ला अध्यक्षको संयोजकत्वमा रहनेगरी कञ्चनपुर क्षेत्र नं एकका लागि जिल्ला कार्यसमितिका धर्मराज कठायत, लालबहादुर एस के, पुष्कर भट्ट, उमेश सिंह धामी र कल्पना चौधरीलाई जिम्मेवारी दिइएको छ । त्यस्तै निर्वाचन क्षेत्र नं २ मा भाष्कर केसी, मनिषा जोशी, खडक कोली, प्रेम राज भट्ट, पदमराज पन्त र सरस्वती भट्टलाई जिम्मेवारी दिइएकाे छ । निर्वाचन क्षेत्र नं ३ मा सेन्टरका जिल्ला कार्यसमितिका डम्मर दत्त भट्ट, विकास महता, सुवर्ण जोशी, मदन नेपाली, वीर सिंह ऐर, धनबहादुर धामी, मनोज लेखक र रोशन नेपाली लागि जिम्मेवारी दिइएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट कञ्चनपुर जिल्लाको क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रकी नेतृ विना मगर, निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेस नेता एन पी साउद, र निर्वाचन क्षेत्र नम्बर ३ मा रमेश लेखक उम्मेदवार रहेका छन् । मुख्य प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भन्दा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु पछिल्ला निर्वाचनहरूको आँकडाअनुसार बलिया देखिएका छन् । गठबन्धनका तर्फबाट प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र नं १ मा कांग्रेस नेता बन्धु राना र ख मा कांग्रेस नेता दिवान सिंह विष्ट उम्मेदवार रहेका छन् । त्यस्तै २ नम्बर निर्वाचन क्षेत्रको क मा माओवादी नेता ओमविक्रम भाट र ख निर्वाचन क्षेत्र अन्तर्गत कांग्रेस नेता बहादुर थापा उम्मेदवार रहेका छन् । भने निर्वाचन क्षेत्र नं ३ को क मा ओवादी नेता टेकेन्द्र भट्ट र ख निर्वाचन क्षेत्रमा कङ्ग्रेस नेता बेल बहादुर राना उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुस