कञ्चनपुर, ३० असोज , कञ्चनपुरको पुनर्वास नगरका विद्यार्थी नेताहरुले आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउन फिड्मा खटिने बताएका छन ।
आइतबार अखिल क्रान्तिकारी पुनर्वास नगरको प्रथम सम्मेलनमा अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरुले बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई जिताउन फिड्मा खटिने बताएका हुन ।
अखिल क्रान्तिकारीका नेताहरुले देश, समाजको आवश्यकता अनुरुप बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार प्रतिनिधी सभा तर्फ बिना मगर र प्रदेश सभा तर्फ बन्धु राना, दिवान विष्टलाई बहुमतका साथ जिताउनका लागि फिल्डमा निरन्तर खटिने घोषणा गरेका छन । विद्यार्थी नेताहरुले संविधानको रक्षा र दक्षिणी क्षेत्रको दिगो विकास सम्बृद्धिका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउने अहोरात्र होमिने विश्वास समेत दिएका छन ।
अखिल क्रान्तिकारी पुनर्वासका नेता पदम तामाङ्गले पुर्वमन्त्री बिना मगरले यस अघि मन्त्री हुँदा दक्षिणी क्षेत्रको शौक्षिक, समाजिक, भौतिक पूर्वाधार सहितका क्षेत्रमा योगदान गरेको भन्दै थप दिगो विकास र सम्बृद्धिका आगामी निर्वाचनमा समेत जिताउनका होमिने बताएका छन ।
अखिल क्रान्तिकारी पुनर्वासकी नेतृ पार्वती बुढाले क्षेत्रकै दिगो विकास र सम्बृद्धिका लागि बिना मगरको भूमिका अहम भएकाले फेरी पनि आम महिलाको उत्थान र अधिकारका लागि बिना मगर एक पटक फेरी आउनुपर्नेमा जोडडदिदै उनले महिला विद्यार्थीका तर्फबाट अहोरात्र खटिने घोषणा गरेकी छिन । ‘बिना मगर महिला त्यसका पनि विकासवादी नेता केन्द्रमा स्थापित भएकी नेता हुन, ‘उनले भनिन, ‘हामी दक्षिणी क्षेत्रका उत्पिडित महिलाको उत्थानका लागि फेरीपनि बिना मगरको विकल्प छैन ।’ अखिल क्रान्तिकारी पुनर्वास नगरको प्रथम सम्मेलन उद्घाटन गर्दै पुर्वमन्त्री एव संयुक्त बाम गठबन्धन प्रतिनिधी सभा सदस्यकी उम्मेदवार बिना मगरले हरेक परिर्वतनका लागि युवा विद्यार्थीको अहम भूमिका हुने बताई । पुर्वमन्त्री मगरले दक्षिणी क्षेत्रका आम युवा विद्यार्थीले फेरीपनि आफुलाई अघि सारे थप काम गर्ने बताईन । कार्यक्रममा माओवादी नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुस