कञ्चनपुर, ३० आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनको पुर्व सन्ध्यामा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपाल कञ्चनपुरले जिल्लाका आम पत्रकारसंग छलफल तथा सुझाव संकलन गरेको छ ।
आइतबार बिहान एमाले पाटी कार्यालयमा आयोजित उक्त सुझाव संकलन कार्यक्रममा प्रेस चौतारी कञ्चनपुरले नेपाल कञ्चनपुरले जिल्लाका आम पत्रकारसंग छलफल तथा सुझाव संकलन गरेको हो ।
तर, उक्त कार्यक्तममा चौतारीका खम्बा एव संगठनका केन्द्रीय सदस्य रवि विवस अनुपस्थिति रहे । उनी आफ्नै संगठनले आयोजना गरेको कार्यक्रममा आएनन् । किन आएनन् भन्ने विषयमा अनुत्तरित प्रशन जगाएको छ ।
एमालेको बिणो समातेर फरक विचार राख्ने जोकोही प्रति नकारात्मक धारणा बनाउँदै आउने पत्रकार विवस केन्द्रीय सदस्य हत्याउँदै उक्त कार्यक्रममा पटक पटक प्रेस चौतारीका जिम्मेबार नेता कार्यकर्ताले बोलाउँदा समेत नआएको गुनासो गरेका छन । कार्यक्रम आमन्त्रणका लागि फोन गर्दा समेत चौतारीका केन्द्रीय सदस्य विवसले फोन काटेका हुन । प्रेस चौतारी कञ्चनपुरका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य गणेश दत्त भट्ट(जि) सहितका चौतारीका पदाधिकारीले फोन गरेर आमन्त्रणका लागि बोलाउँदा समेत उनी आएनन्, फोन काट्न लागेको बताए । प्रेस चौतारीका केन्द्रीय सदस्य भए बाफत उनी भीमदत्त नगर एमाले सरकार हुँदा प्रेस सल्लाहकार भएका थिए । प्रेस चौतारीका केन्द्रीय रवि विवसले आफु चौतारीको नभएको बताउदै चौतारीले पत्रकार सम्मेलन गर्नु एमाले सक्ने काम भएको आरोप लगाए । ‘म प्रेस चौतारी न एमाले हुँ, ‘उनले भने, ‘मैले एक बर्ष अघि नै छाडिसके के को चौतारी ।’ एमाले निकट पत्रकार भए बाफत भीमदत्त नगरका तत्तकालिन मेयर सुरेन्द्र विष्टको प्रेस सल्लाहकार भएका उनले फरक पाटी विचार राख्ने जो सुकै व्यक्ति, संगठन समुह र खास गरेर अहिले बाम लोकतान्त्रिक गठबन्धन सहित क्षेत्र ३का उम्मेदवार रमेश लेखक बिरुद्धमा अनावश्यक भ्रम सृजना गर्ने काम गरेको काँग्रेस नेताहरुले बताएका छन ।
प्रतिक्रिया दिनुस