कञ्चनपुर, ३० पार्टीले टिकट वितरणमा अन्याय गरेको भन्दै नेकपा एमाले क्षेत्र २का प्रभावशाली नेता टेक बहादुर हमालले स्वतन्त्र(बागी) उम्मेदवारी दिदै चुनावी मैदानमा होमिएका छन ।
हमालले पार्टीबाट समेत राजिनामा दिदै स्वतन्त्र उम्मेदवारी दिएका हुन । उनलाई निर्वाचन आयोगले काग चुनाव चिन्ह दिएको छ । पार्टी प्रदेश सदस्य समेत रहेका हमाल क्षेत्र २का प्रभावशाली नेताकै रुपमा गनिन्छन । उनी प्रदेश २(क)बाट प्रदेश सभा सदस्यमा सिफारिस भएका थिए ।
उनीसंगै सिफारिस भएका अर्का नेता जयराज पाण्डेले पार्टी परित्याग गरेर असन्तुष्ट हुँदै बसेका छन । एमाले नेता हमालले आफुमाथि गम्भिर अन्याय गरेकाले नेता कार्यकर्ता आम शुभचिन्तक जनताको साथ सहयोगमा स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन ।

उक्त निर्वाचन क्षेत्रमा एमालेबाट बचन सिहले टिकट पाएका छन । टिकट विषयलाई लिएर एमालेमा चुलिएको विवाद उत्कर्षमा छ । एमाले अधिकाँस नेता कार्यकर्ता हमालमै पक्षमा देखिएका छन । नेकपा एमाले सुदुरपश्चिम प्रदेस कमिले एक प्रेस बिज्ञप्ती जारी गरेर  नेता टेक बहादुर हमाल लाइ कार्बाहि गरेको छ ।

प्रतिक्रिया दिनुस