कञ्चनपुर असोज ३० । डिलासैनी गाउँपालिकाको कार्यलयले सामाजिक सुरक्षा भत्ता वार्ड कार्यलयमा शिविर सञ्चालन गरेर वितरण गर्न सूचना जारी गरेको छ । डिलासैनी गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण शिविर सञ्चालन कार्तिक १ गते वडा नम्वर ४ को कार्यलय मठैराजबाट गरिने भएको छ ।
डिलासैनी गाउँपालिका कार्यलयले कुमारी बैंक संग सहकार्य गरेर वार्ड कार्यलयमा बैंक कर्मचारी पुगेर सामाजिक सुरक्षा भत्ता विरण गर्न शिविर सञ्चालन गरेको हो ।
सामाजिक सुरक्षा भत्ता जेष्ठ नागरिक, असक्त असाय हरूलाइ गोकुलेश्वर बैंक सम्म पुग्न कठिन हुने भएकाले डिलासैनी गाँउपालिकाले वार्ड कार्यलयमा शिविर सञ्चालन गरेर भत्ता वितण गर्ने गरेको डिलासैनी गाउँपालिका प्रवक्ता यज्ञ राज भट्टले बताए।
प्रतिक्रिया दिनुस