कञ्चनपुर ।कञ्चनपुर निर्वाचन क्षेत्र १(ख) बाम लोकतान्त्रिक गठबन्धन बेलडाँडीको बैठक सम्पन्न भएको छ । सोमबार बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त बैठक सम्पन्न भएको हो । बैठकमा काँग्रेस, माओवादी बेलडाँडीका नेताहरुले केन्द्रमा दलहरुविच भएको सहमती अनुरुप पालिकामा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई बहुमतका साथ जिताउने निर्णय गरेका छन ।

नेपाली काँग्रेस बेलडाँडीका नेता एव सयुक्त बाम गठबन्धन निर्वाचन परिचालन कमिटि क्षेत्र १(ख)का सयोजक चेतन कुमार राईले दुवै पार्टीका स्थानीय नेताहरुले मुलुकको आवश्यकता अनुरुप बेलडाँडीबाट समेत बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउने निर्णय गरेको बताए ।

पालिका स्तरदेखि वडासम्मै कमिटि प्रचारप्रसार समिति गठन गरेर जनतामाँझ जाने निर्णय भएको बताए । नेकपा माओवादीका नेता एव सयुक्त बाम गठबन्धन निर्वाचन परिचालन कमिटि क्षेत्र १(ख)का सह–सयोजक राजेन्द्र प्रशाद जोशीले बेलडाँडीका स्थानीय बाम गठबन्धनका उम्मेदवारले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउन, प्रत्यक्ष तथा अप्रत्य भूमिका निर्वाह गर्ने विषयमा एकमत भएको बताए ।

उनका अनुसार क्षेत्र १ संघ तर्फ बिना मगर, प्रदेश तर्फ १(ख) दिवान विष्ट र १(क) बन्धु रानालाई भारी बहुमतका साथ जिताउनका लागि अहोरात्र खटिने प्रतिबद्धता जाहेर गरेका छन । क्षेत्र १मा बाम लोमतान्त्रिक गठबन्धनले निरन्तर संघ, प्रदेश पालिकामा कार्यक्तम जारी राखेका छन ।

प्रतिक्रिया दिनुस