कञ्चनपुर । भारतबाट सहजै सीमा क्षेत्र भएर नेपाल(महेन्द्रनगर बजार)मा पु¥याएको अवैध समान प्रहरीले नियन्त्रणमा लिएको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी छन ।तर, अवैध समान धमाधम भित्र्रिरहेका बेला प्रहरीलाई नै तस्कर तह लगाउनुपर्ने बाध्यता छन । निर्वाचनका बेला प्रहरीले निर्वाचन सहित आन्तरिक सुरक्षामा खटिरहेका बेला सीमा क्षेत्रबाट धमाधम तस्करीको समान भित्रिनुले स्वयम प्रहरीले सशस्त्र प्रहरीले तस्करलाई छुट दिएको आँलकन गरेको छ । प्रहरी दिवसकै दिन भारतबाट चोरी तस्करी गरेर ल्याएको समान कञ्चनपुर प्रहरीले बरामद गरेको छ । एकातिर प्रहरी दिवस अर्कातिर तस्कर तह लगाउनुपर्ने प्रहरीको बाध्यता थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले ९६हजार ४२०रुपैया बराबरको भलिबल, बच्चाको प्याड लगायतका कष्मेटिक समान बरामद गरेर भन्सार बुझाएको बताए । यसरी भारतबाट असजै तस्करी भएर आएको समान कि सशस्त्र प्रहरीको मिलोमतो कि भन्सारको मिलोमतो हुने गरेको स्थानीयको भनाई छ । स्थानीयले सीमा क्षेत्रमा २०÷२२औँ स्थानमा सशस्त्र प्रहरी छ । उनीहरुलाई सीमा सुरक्षा एव राजस्व चोरी छलीको जिम्मेबारी दिएको छ, तर पनि धमाधम तस्करका समान भित्र्रिरहेका छन । भने अर्कातिर भन्सार हुँदाहुँदै भन्सारबाटै आएको भए भन्सारका कर्मचारीको मिलोमतो भन्दै स्थानीयले भन्सार र सशस्त्र प्रहरीको भूमिकाप्रति आशंका गरेका छन ।

प्रतिक्रिया दिनुस