कञ्चनपुर । नेकपा माओवादी केन्द्र कञ्चनपुरले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउनका लागि नेता कार्यकर्तालाई आब्हान गरेको छ ।

माओवादी केन्द्र कञ्चनपुरले जिल्लाका ३ प्रतिनिधी र ६ प्रदेश सभाका बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई बहुमतका साथ जिताउनका लागि नेता कार्यकर्तालाई आब्हान गरेको हो ।

सोमबार माओवादी केन्द्र कञ्चनपुरले एक प्रेस विज्ञप्ती जारी गर्दै बाम लोकतान्त्रिक गठबन्धका उम्मेदवारको पक्षमा सकृय भएर निर्वाचनमा खटिन आब्हान गरेको छ ।

‘अहिले पार्टीका सम्पूर्ण नेता कार्यकर्ता तथा पाटी सदस्य एव सम्पूर्ण जनबर्गिय संगठन, मोर्चाका नेताको मुख्य जिम्मेबारी भनेकै गठबन्धनका सबै उममेदवारका पक्षमा सकृय भएर लाग्नु हो, ‘विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘बाम लोकतान्त्रिक गठबन्धनका सबै उम्मेदवारको पक्षमा सकृय भएर लाग्नु र निर्वाचन विजय गराउनु हो ।’ माओवादीले नेता कार्यकर्ताहरुलाई आ–आफ्नो क्षेत्रबाट प्रदेश, नगर, वडा, टोल टोलमा पुर्ण रुपमा खटिएर बहुमतका साथ उममेदवार जिताउने ऐतिहासिक अभिभारा पुरा गर्न समेत आब्हान गरेको छ । निर्वाचन अग्रगमन र प्रतिगमनविचकै सघर्षको निरन्तरता भएको जनाउँदै माओवादीले संविधानको रक्षा, राजनीतिक स्थिरता र सम्बृद्धिका लागि अहिलेको बाम लोकतान्त्रिक गठबन्धनले निर्वाचनमा होमिएको जनाएको छ । माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा पाटी भित्र र बाम लोकतान्त्रिक गठबन्धन दलसंगका अन्तरबिरोध या कुनै पनि प्रकृतिका असन्तुष्टीका नाममा निर्वाचनको संग्रामबाट पछि हट्ने छुट नभएको जनाउँदै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बिरुद्धमा सार्वजनिक स्थल, समाजिक सञ्जालमा भ्रम, घृणा र उत्जेजना फैलाउने किसिमले अभिव्यक्ति नदिनसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुस