कञ्चनपुर, कार्तिक,१ । नेकपा क्रान्तिकारी माओवादीको निर्वाचन बहिस्कारको अभियानमा रहेको अभियान टोली प्रहरीले हस्तक्षेप गरी नियन्त्रण लिएको छ । निर्वाचन बहिस्कारको अभियानमा रहेको टोली मंगरवार बिहानै बैतडीको पाटनमा चुनाव बहिस्कारको कार्यक्रम गर्ने क्रममा प्रहरीले अभियान टोलीका सबै सदस्यलाई इलाका प्रहरी कार्यालय पाटनको प्रहरी टालीले नियन्त्रणमा लिएको छ ।


निर्वाचन बहिस्कारको अभियानमा रहेको अभियानटोलीका नेकपा क्रान्तिकारी माआवादीका स्थायी कमिटि सदस्य तथा सुदूपपिश्चम प्रदेश ईन्चार्ज प्रेम सुवेदी ,नेकपा क्रान्तिकारी माआवादीका केन्द्रिय सदस्य तथा सुदूपपिश्चम प्रदेश सह ईन्चार्ज हरि सुवेदी ,केन्द्रिय सदस्य रूद्र कँडेल, देजमो केन्द्रिय सदस्य तथा सुदुरपश्चिम अध्यक्ष बिष्णु राम दमाइ , अखिल नेपाल क्रान्तिकारी किसान महासंघका केन्द्रिय सदस्य टंक कोइराला,अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रेम बोहरा लाई कार्यक्रम स्थलबाट प्रहरीले गिरप्तार गरेर नियन्त्रण लिएको नेकपा क्रान्तिकारी माआवादीका केन्द्रिय सदस्य तथा प्रदेश सेक्रेटरी राम बहादुर महराले जानकारी दिनुभयो ।

प्रदेश सेक्रेटरी राम बहादुर महराले भने  निर्वाचन बहिस्कारको कार्यक्रम गर्न बैतडीको पाटन पुगेका अभियान टोलीलाई अमानविय तरिकारीले गिरप्तार गरेर नियन्त्रमा लिएको बताए । प्रदेश सेक्रेटरी महराले प्रहरी गरेको दमनको घोरभत्सना र निन्दा गरेका छन ।

प्रतिक्रिया दिनुस