नेकपा माओवादी केन्द्रकी नेतृ माया नेगीले संविधानको रक्षा गर्नका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जित्नुको विकल्प नभएको बताएकी छिन ।

बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट कञ्चनपुर निर्वाचन क्षेत्र ३ मा खटिएकी माओवादी नेतृ नेगीले संविधानको रक्षा गर्नका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जित्नुको विकल्प नभएको बताएकी हुन ।

माओवादी केन्द्रका तर्फबाट समानुपातिक उम्मेदवार समेत रहेकी बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुरकी नेता नेगीले संविधानको मास्ने र जोगाउने राजनीतिक शक्तिविचको लडाई पनि चुनाव भएको बताईन ।

उनले बाम लोकतान्त्रिक गठबन्धनले संविधानको रक्षा, राजनीतिक स्थायित्वदेखि आम महिलाको हक अधिकार सुरक्षित पार्नका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउन आब्हान गरेकी छिन । ‘मुलुकको आवश्यकता अनुरुप बाम लोकतान्त्रिक गठबन्धन बनेको हो, ‘उनले भनिन, ‘त्यही अनुरुप बाम लोकतान्त्रिक गठबन्धनमा भएका सबै उम्मेदवार चुनावमा होमिनुपर्छ ।’ बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुरकी नेता नेगीले बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट कुनैपनि उम्मेदवार हार्दा वा जित्दा एक पाटी हार्ने, अर्को जित्ने भन्दा पनि बाम लोकतान्त्रिक गठबन्धन हारेको र जितेको मानिने भएकाले गठबन्धनका आबद्ध दलका नेता कार्यकर्ता युद्धस्तरमा बहुमतका लागि आफ्ना उम्मेदवार जिताउन खटिनुपर्नेमा जोडदिनुभयो । जनताको घरघरसम्म चुनावी अभियान संचालन गरेर बाम लोकतान्त्रिक गठबन्धनलाई बहुमतका साथ जिताउनका लागि खट्नि नेता कार्यकर्तासंग आब्हान गर्नुभयो ।

प्रतिक्रिया दिनुस