कञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनको जताजतै चर्चा परिचर्चा चलेको छ । सिङ्गो मुलुक चुनावमयी भएको छ । राजनीतिक र तिनका उम्मेदवार सहित केही स्वतन्त्र उम्मेदबार पनि चुनावी संघारमा होमिएका छन ।
यही सिलसिलामा कञ्चनपुर निर्वाचन क्षेत्र १ बाम लोकतान्त्रिक गठबन्धनकी उम्मेदवार बिना मगर जतनतासंग चुनाव बारे छलफल गरिरहेकी छिन । यस अघि ०७४सालमा दोब्बर मतले निर्वाचित बिना मगरले जितलाई निरन्तरता दिनका लागि जनतासंग प्रत्यक्ष सम्वाद, छलफलमा जुटेकी छिन ।
पाँच बर्ष अघि प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएर खानेपानीमन्त्री भएपछि जनताका पक्षमा गरेका कामकाज, जनताका अपेक्षा, चाहना एव विकास बारे समिक्षा गरिरहेकी छिन । पुर्वमन्त्री बिना मगरले सिधै जनतासग प्रत्यक्ष सम्बाद गर्दै जनताका गुनासा सुनिरहेकी छिन ।
फेरीपनि चुनाव जिते जनताले अहिलेदेखि आफुसंग राखेका माग समस्या र योजना कसरी सम्बोधन गर्ने भन्दै मनन् गरिरहेकी छिन । उनले समाजका सबै तहतप्कासंग छलफल गरिरहेकी छिन । दलबल होईन एक्लाएकै गाँउबस्तीमा गएर उनले सम्बाद चलाउँदै जनताका कुराकानी सुनिरहेकी छिन ।
पुर्वमन्त्री एव निर्वतमान ससदले एक पटक चुनाव जितेपछि पुन दोस्रो पटक फेरी चुनावी मैदानमा आएपछि दक्षिणी क्षेत्रका जनता समेत हर्षित भएका छन । मान्छेका नितान्त व्यक्तिगत, घरसायी कामकाज समस्या सम्बोधन गर्न नसकेपनि बिना मगरले दक्षिणी क्षेत्रको पूर्वाधार, कृषि, शिक्षा स्वास्थ्य, सीमा खानेपानी, पर्यटन, संस्कृति थुप्रै क्षेत्रका काम गरेको स्थानीयले अनुभूति गरेको अनुभव सुनाएका छन ।
पुनर्वासका परमल विश्वकर्माले बिना मगरले जितेपछि धुलाम्मे, हिलाम्मे सडक कालोपत्रे हुँदै सुधारोन्मुख भईरहेको बताए । ‘पहिलो हाम्रो दक्षिणी क्षेत्र पुनर्वास सहितका बेलडाँडी, बेलौरी, लालझाडीका सडक हिलाम्मे खेतजस्तै थिए, ‘उनले भने, ‘बिना मगरले जितेपछि यस क्षेत्रमा थुप्रै परिर्वतन भएको छ, अझै जित्नुहोस, थप जनताका साझा समस्या समाधान गर्नुहोस ।’
पुनर्वासकै अर्की स्थानीय शान्तिमाया तामाङ्गले बिना मगरसंग प्रत्यक्ष सम्बाद र मगरको पहलमा भएको दक्षिणी क्षेत्रको विकास महिलाका लागि गरिएको पहल कदमीबाट थुप्रै परिर्वतन भएको अनुभव सुनाईन ।
‘बिना मगर पुन आउनु हामी सिङ्गो दक्षिणी क्षेत्रका महिला सहित जनताका लागि सौभाग्यको कुरा हो, ‘उनले भनिन, ‘पहिलो पटक चुनाव जित्दा मन्त्री, दोस्रो पटक जित्दा मन्त्री हुन्छन ।’ निर्वाचन क्षेत्र १ बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन मुल समितिका संयोजक लोकेन्द्र लम्सालले क्षेत्रभरी संयुक्त निर्वाचन परिचालन समितिको बैठकले चारवटै निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसार तिव्र रुपमा अघि बढेको बताए । ‘हामीले क्षेत्र १ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई भारी बहुमतका साथ जिताउन खटिएका छौँ, ‘उनले भने, ‘चुनावी अभियान निन्तर जारी छ जनता ४ मसिरको पखाईमा छन ।’