डिबी विश्वकर्मा

कञ्चनपुर, २ कार्तिक

कञ्चनपुर निर्वाचन क्षेत्र १(क) मा बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका विच बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो ।

पुनर्वास नगरपालिका ३आईबिआरडीमा बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

्बाम गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर र बन्धु रानाले संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय उद्घाटन गरेका हुन । सम्पर्क कार्यालय उद्घाटन गर्दै प्रतिनिधी सभा सदस्यकी उम्मेदवार बिना मगरले संविधानको रक्षा, राजनीतिक स्थायित्व, दिगो विकास र सम्बृद्धिका लागि बाम लोकतान्त्रिक गठबन्धन भएको बताउदै सोही अनुरुप क्षेत्रमा समेत उम्मेदवार चुनावी मैदानमा आएको बताउदै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको जिताउन गाँउ, बस्ती घर घरमा खटिन आब्हान गर्नुभयो ।

पुर्व खानेपानीमन्त्री समेत रहेकी प्रतिनिधी सभा सदस्य उम्मेदवार मगरले क्षेत्रको थप विकासका लागि आफ्नो तर्फबाट पुन पहल गर्ने बताईन । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेश सभाका उम्मेदवार बन्धु रानाले अहिले मुलुकको आवश्यकता संविधान रक्षाका लागि गरिएको बाम लोकतान्त्रिक गठबन्धन अनुरुप गठबन्धन दलभित्रका नेता कार्यकर्ताले युद्धस्तरमा खटिनुपर्ने बताउँदै विकासका लागि तयार रहेको प्रतिबद्धता जाहेर गरेका छन । पुर्नवासका स्थानीयले पुन मगरले जितेसंगै मन्त्री हुँदै र थारु समुदायबाट बन्धु रानाले समेत जिते क्षेत्रकै विकास हुने अपेक्षा गरेका छन । कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ताहरुले जसरी भएपनि उम्मेदवारलाई बहुमतका साथ जिताउने प्रतिबद्धता गरेका छन ।

प्रतिक्रिया दिनुस