कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र १(क) नागरिक उन्मुक्ति पाटीबाट प्रदेश सभा सदस्यका उम्मेदवार पल्टु राना बिरुद्धमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

पल्टु राना तत्तकालिन महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष हुँदा अनाधिकृत रुपमा जमिन बिक्रि वितरण गरेको भन्दै अख्तियारले विशेष अदालतममा मुद्दा दायर गरेको हो ।

राना बिरुद्धमा भ्रष्टाचार निवार ऐन ०५९को दफा २४बमोजिम ३७ लाख ९२ हजार बिगो सहित थप कैद सजायको मागदावि गरेर विशेष आदालतमा मुद्दा दायर भएको छ ।

उनी सहित ३७जना बिरुद्धमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । उम्मेदवार समेत रहेका राना बिरुद्धमा भ्रष्टाचार मुद्दा दायर भएसंगै उनीमाथि क्षेत्र १(क)मा मतदाताहरुले प्रशन गरिरहेका छन ।

प्रतिक्रिया दिनुस