भुवन भट्ट
महेन्द्रनगर २५ भदौ, ग्वाल्लेक केदार निर्माण सेवा प्राली बझाँङमा कार्यरत महेन्द्रनगरका गजेन्द्र चन्द कम्पनी बाटै बेपत्ता भएका छन् । भीमदत्त नगरपालीका ५ बनगाउँ स्थायी घर भएका ४० वर्षिय चन्द बिगत २ वर्ष देखी कार्यरत बझाँङको केदारस्ँयु गाउँपालीका १ मा ग्वाल्लेक केदार निर्माण सेवा बाट ११ गते राती देखि बेपत्ता भएका हुन् । चन्द परीवारका अनुशार ११ गते राति देखी सम्पर्क बिहिन भएका गजेन्द्रको कुनै पत्तो लाग्न सकेको छैन् । पिडित कर्ण बहादुर चन्दका अनुशार निर्माण कम्पनीले तलब उपलब्ध नगराएपछि भाई गजेन्द्र निर्माण कम्पनीको प्रधान कार्यालय बैतडिमा तलब मागका लागि १२ गते गोठलापानी जाने योजना थियो । तर ११ गते रातीनै उनी एकाएक बेपत्ता पारीए ।
चन्द परीवारले भाईलाई कम्पनीले नै बेपत्ता पारेको आरोप लगाउदै आएको छ । पटक पटक उत्त कम्पनीलाई भाईको विषयमा बुझ्न खोज्दा आत्महत्या गरेको बताउने गरेको बेपत्ता गजेन्द्रका दाई कर्णले बताए । १२ गते विहान गजेन्द्रको चप्पल सेती नदि छेउमा फेला परेकाले गजेन्द्रले आत्महत्या गरेको हुन सक्ने उत्त कम्पनीको ठहर छ ।
सो प्रालीले सेती नदिमा पुलको निर्माण गरिरहेको छ । प्रालीका ईन्चार्ज असोक भनीने साधन मल्ललाई जानकारी माग गरिएपनि उनले धेरै बोल्न मानेन् । उनले यस घटनाको प्रहरीले अनुशन्धान गरीरहेको बताउदै गजेन्द्र बेपत्ता भएको खबरले आफुपनि चिन्तीत भएको बताए । तर गजेन्द्रको खोजीका लागि भने प्रहरीलाई अनुरोध भने नगरीएको उनले बताए । “एका एक वेपत्ता भए, मापेसे सेवन गर्दा रहेछन,सेती नेदि छेउमा चप्पल फेला पा¥यौँ, आत्म हत्या गरेको हुन सक्छ” उनले भने ।
तर तलबको विषयमा भने कम्पनी मौन बस्दै आएको छ । दाई कर्णका अनुशार गजेन्द्रले २ वर्षको अवधीमा उत्त कम्पनीबाट १७ हजार मात्रै तलब पाएका छन् । अरु रकम एकमुस्ट बैतडि कार्यालय बाटै उप्लब्ध गराईने भन्दै कम्पनीले माग गरेको समयमा पोकेट खर्च भनेर महिनाको ४–५ सय मात्रै उपलब्ध गराउने गरेको गजेन्द्रले यस अघि बताएको दाई कर्णको भनाई छ ।
उनले भाईलाई कम्पनीलेनै गायव गरेको दाबि गरेका छन् । ११ गते राती काम सकेर सोहि कम्पनीको घरको एक कोठामा गजेन्द्र बस्दै आएको बताईएको छ । तर १२ गते बिहान देखी गजेन्द्र सम्पर्क बिहिन भएका थिए । उनको १२ गते बैतडि गोठलापानी स्थीत प्रधान कार्यालयमा तलब मागका लागि जाने योजना थियो । पिडित परिवारले गजेन्द्रको खोजीका लागि जिल्ला प्रहरी कार्यालय बझाँङ्मा समेत निबेदन दिएको छ । कम्पनीबाटै भाई गायव गरिएकाले सोहि क्षेत्रबाट अनुशन्धान गरिनुपर्ने चन्द परीवारको माग छ ।
जिल्ला प्रहरी कार्यालय बझाँङले गजेन्द्रको खोजीकार्य जारी रहेको बताउदै अहिले सम्म कुनै यकिन प्रमाण भने फेला पार्न नसकेको जनाएको छ । प्रहरी प्रमुख एवं डिएसपि गणेश बहादुर बमले सँकास्पद व्यक्ति माथी निगरानी बढाइएको बताए । उनले कम्पनी बाटै बेपत्ता भएकाले ७–८ जना कर्मचारी माथी सोधपुछ गरिएको जानकारी दिए । चन्द विगत २ वर्ष देखी सोहि कम्पनीमा स्टोर किपरका रुपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुस