कञ्चनपुर भाद्र २४ ,शुक्लाफाटा नगरपालिका वार्ड नम्वर १ बन्शाहमा रहेको भगवती महिला सामुदायिक वन उपभोक्त्ता समुहले बन्शाहमा डेउडा प्रतियोगिताको आयोजना गरेको छ ।
भगवती महिला सामुदायिक वनले भाद्र २८ गतेका दिनबाट डेउडा प्रतियोगिताको उद्धघाटन गर्ने तयारी गरिएको छ । डेउडा प्रतियोगिताको उद्धघाटन शुक्लाफाटा नगरपालिका नगर प्रमुख दिल बहादुर ऐर बाट गर्ने तयारी गरेको डेउडा प्रतियोगिताका संयोजक धन सिह महराले जानकारी दिनुभयो । डेउडा प्रतियोगितामा प्रथम हुने डेउडियलाई नगद रु ८,००० दोस्रो हुनेलाई रु ५,००० र तेस्रो हुनेलाई रु ३,००० नगद र प्रमाण पत्र प्रदान गरिने संयोजक महराले बताए ।
भाषा संस्कृतिको जर्गेनाको लागि सामुदायिक वनले डेउडा प्रतियोगिताको आयोजना गरेको भगवती महिला सामुदायिक वन उपभोक्त्ता समुहका अध्यक्ष दुर्गा बिष्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुस