कञ्चनपुर ,  नेकपा (क्रान्तिकारी माओवादी)ले निर्वाचन बहिस्कार कार्यक्रम व्यापक गरेको छ । सनिवार (क्रान्तिकारी माओवादी पार्टी)ले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका नगर पालिकाको कलुवापुर बजारमा निर्वाचन बहिस्कार कार्यक्रमको कोण सभा गरेको छ ।

क्रान्तिकारी माओवादी मंसिर ४ भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिस्कार गरेको छ । कोण सभाको सम्वोदन गर्दै नेकपा (क्रान्तिकारी माओवादी पार्टी)का केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेश सह इन्चार्ज डायमन्डले संसदीय निर्वाचन जनता ठग्ने प्रतिकृयावादी राज्य सत्ताको दलालहरूको व्यवस्था भएको बताए । जनतालाइ ढाड सेक्ने गरेर कर लगाएर संसदीय निर्वाचन गरेर जनता ठगेर दलालहरू आफुमोज मस्ती गर्न भएकाले निर्वाचन बहिस्कार  गर्न जनतालाइ अपिल गरेका छन ।

अहिले किसानलाइ मल विउ बिजन दिने समय कानमा तेल हालेर सरकार सुतेको र जनता ठग्ने दलाल मोटाउने चुनावमा लागेको आरोप लगाए । जनतालाइ हरेक पटक संसदीय व्यवस्थाले ठग्दै आएकोले अहिले हुन गइरहेको निर्वाचन जनताले बहिस्कार गर्न वेला आएको बताए । क्रान्तिकारी माओवादीले देश र जनता राष्ट्र र राष्ट्रियताका लागि संघर्ष गर्दै आएको बताए ।

दलालहरू नेपाल लाइ सिक्किमिकर फिजी जस्तै बनाउने खेलमा लागेको बताए । राज्य सत्ताका दलालहरू लाइ लखेट्नुपर्ने वरला आएको बताए ।नेपाली जनतालाइ भुटानी जनताको राष्ट्रियता बाट पाठ सिकेर दलालहरूलाइ घर घर बाट लखेट्नु पर्ने बेला आएको बताए।

बहिस्कार कार्यक्रमको कोण सभाको सञ्चालन नेकपा (क्रान्तिकारी माओवादी पार्टी)का जिल्ला सेक्रेटरी निरजले गरेका थिए ।  नेकपा (क्रान्तिकारी माओवादी पार्टी)को निर्वाचन बहिस्कार कार्यक्रमको कोण सभा सुन्न स्थानिय जनता र व्यापारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । निर्वाचन बहिस्कार कार्यक्रमको कोण सभामा क्रान्तिकारी माओवादीका नेता कार्यक्रताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस