कञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गरिएको छ ।

आइतबार एक कार्यक्रमका विच क्षेत्र २ बाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधी सभा सदस्यका उम्मेदवार एनपी साउद र २(क) प्रदेश सभा सदस्यका उम्मेदवार ओम विक्रम भाट(सरल)ले संयुक्त रुपमा सम्पर्क कार्यालय उद्घाटन गरेका छन ।

नेपाली काँग्रेस कञ्चनपुरका उपसभापति तथा बाम लोकतान्त्रिक गठबन्धनका नेता मिन बहादुर सिहले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय साउद र भाटले संविधानको रक्षा, राजनीतिक स्थायीत्वदेखि स्थानीय दिगो विकास र सम्बृद्धिका लागि काम गर्ने प्रण गरेका छन । बाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र २ (क) र (ख)मा निरन्तर चुनावी अभियान जारी राखेको छ ।

प्रतिक्रिया दिनुस