कञ्चनपुर, ६ कार्तिक

आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट पुर्वमन्त्री एनपी साउद र सत्ता विपक्षी गठबन्धनका तर्फबाट नर बहादुर धामीविच प्रतिस्पर्धा हुने भएको छ ।

काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वसिँचाईमन्त्री साउदका मुख्य प्रतिस्पर्धी एमालेका केन्द्रीय सदस्य एव निर्वतमान संसद धामी हुने भएका छन । उक्त क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट पुर्वमन्त्री साउद र विपक्षी गठबन्धनका तर्फबाट धामीविच प्रतिस्पर्धा हुने

देखिएको छ ।

दुई ठुला दलका नेतासंग अन्य चार÷चार दलले गठबन्धन गरेसंगै दुवैविच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनका तर्फबाट काँग्रेस, माओवादी केन्द्र, एकीकृकत समाजवादी, लोसपा, जनमोर्चा र विपक्षी गठबन्धनका तर्फबाट एमाले, जसपा, विपी काँग्रेस, कमल थापा र राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाविच चुनावी गठबन्धन भएको छ ।

साउद पाँच पटक र धामी तेस्रो पटक निर्वाचनमा होमिएका छन । ०५६ सालमा पहिलो पटक एनपी साउद क्षेत्र १बाट निर्वाचित भएका थिए । ०६४मा क्षेत्र २बाट माआवादीका नेता देवीलाल चौधरीसंग पराजित भएका थिए । ०७०मा अहिलेका प्रतिस्पर्धी नर बहादुर धामीलाई पराजित गरेका थिए । ०७४ मा एमाले र माओवादी बाम गठबन्धन हुँदा एमाले नेता नर बहादुर धामी काँग्रेस नेता एनपी साउदलाई हराएका थिए ।

०७४ मा सम्पन्न भएको प्रदेश तथा प्रनिधिी सभा सदस्य निर्वाचनमा दुई पार्टी एक हुँदा बाम गठबन्धनका तर्फबाट धामीले ३३ हजार २२० र काँग्रेसबाट एक्लै उम्मेदवार साउदले २४ हजार, ८३९ मत ल्याएका थिए । यस अघि ०७० सालमा सम्पन्न भएको दोस्रो संविधान सभा सदस्य निर्वाचनमा एमाले उम्मेदवार धामी काँग्रेस उम्मेदवार साउदसंग पराजित भएका छन । धामी र साउदविच यो गरेर तेस्रो पटक चुनावी मैदानमा प्रतिस्पर्धा भईरहेको छ । कञ्चनपुर निर्वाचन क्षेत्र २ मा तीन पालिका रहेको क्षेत्र २ मा दुई पालिका काँग्रेस र १ एमालेले जितेको छ । गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचन अनुरुप गत स्थानीय तह निर्वाचनमा काँग्रेस २२ हजार ४९९, एमाले १९ हजार २९२, माओवादी १३ हजार ४७८ , समाजवादी ४ हजार ६६७ , राप्रपा ३ हजार ७४६ , अन्य ३ हजार ७८२ मत ल्याएका थिए । स्थानीय तहमा आएको मत परिमाण अनुसार अहिलेको राजनीतिक समिकरण हेर्दा सत्ता गठबन्धने ५२ हजार २१२ मत र विपक्षी गठबन्धनले २१ हजार २४२मत ल्याएका थिए । स्थानीय तहको मत परिमाण अनुरुप क्षेत्र २ मा केही समाजवादीका नेता कार्यकर्ता एमालेतिर प्रवेस गरेसंगै उक्त मत एमालेतिरै जाने अनुमान गरिएको छ । स्थानीय तहको निर्वाचनमा मतभार पाए अनुरुप सत्ता गठबन्धन क्षेत्र २मा बलियो देखिएको र विपक्षी गठबन्धन कमजोर देखिएको छ ।

प्रतिक्रिया दिनुस