नेकपा (क्रान्तिकारी माओवादी)को निर्वाचन बहिस्कार कार्यक्रममा प्रहरी प्रशासनको हस्तक्षेप गरेको छ। क्रान्तिकारी माओवादी कञ्चनपुर जिल्लाले गरेको वेदकोट नगरपालिकाको दैजी बजारमा प्रहरी प्रशासनको हस्तक्षेको सामना गर्दै निर्वाचन बहिस्कार कार्यक्रमको कोण सभा सम्पन्न गरेको छ ।

आईतवार नेकपा क्रान्तिकारी माओवादी‌ले गरेको मंसिर ४को निर्वाचन बहिस्कारको कार्यक्रममा दैजी बजारमा गर्दा प्रहरी हस्तक्षेप गर्न खोजेको  नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य हरि सुवेदीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यलले व्यापक प्रहरी परिचालन गरेर निर्वाचन बहिस्कारको कार्यक्रम हस्तक्षेप र बहिस्कारमा सहभागि भएका क्रान्तिकारी माओवादीका नेता कर्यकर्ता माथी दमन गर्न  खोजेको बताए । प्रहरीको हस्तक्षेपका बापजुत पनि निर्वाचन बहिस्कारको कोण सभा सम्पन्न भएको नेता सुवेदीले बताए ।

प्रतिक्रिया दिनुस