नेकपा ( क्रान्तिकारी माओवादी )ले कैलाली जिल्लामा निर्वाचन बहिष्कार अभियान तिब्र पारेको छ । क्रान्तिकारी माओवादीले मंसिर ४ काे संसदीय निर्वाचनकाे औचित्य नभको भन्दै  देशभर निर्वाचन ससक्त बहिस्कार गरिएको छ।

क्रान्तकारी माओवादी कैलाली जिल्ला पार्टीले ६ गते कैलालीकाे जाेशिपुर गाउँपालिका,भजनी गाँउपालिका, र जानकि गाउँपालिकाकाे चिलिम चाैराहा मा काेणसभा सम्पन्न गरिएकाे छ।

निर्वाचन बहिस्कार सभाको काेण सभाको सम्बोधन नेकपा ( नेकपा क्रान्तिकारी माओवादी ) केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेश सह ईन्चार्ज राम बहादुर के सी ,केन्द्रिय सदस्य तथा कैलाली जिल्ला ईन्चार्ज रुद्र कँडेल, जिल्ला सेक्रेटरी बिन्तिराम चाैधरी,सह सचिव टंक काेईरालाले सम्बाेधन गर्नुभयकाे थियाे ।

कार्यक्रम सञ्चालन जिल्ला सचिवालय सदस्य शैपालले गर्नुभएको थियाे। कैलाली जिल्लाका बिभिन्न ठाउँमा बहिस्कार अभियान सञ्चालन गरिएको केन्द्रिय सदस्य तथा कैलाली जिल्ला ईन्चार्ज रुद्र कँडेल जानकारी दिनुभयो ।काेणसभा गरिएका  स्थानहरूमा जनताहरुकाे बाक्लो उपस्थित रहेको नेता कँडेलले बताए ।

प्रतिक्रिया दिनुस