कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरका युवा नेता हेमन्तराज रेग्मी माओवादी केन्द्रमा प्रवेस गरेका छन ।
शुक्लाफाँटा नगरका स्थानीय समेत रहेका रेग्मीले एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेस गरेका हुन । मंगलबार एक कार्यक्रमका विच एमाले नेताले पाटी परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेस गरेको माओवादी केन्द्र कञ्चनपुरका युवा नेता कैलाशचन्द्र गिरीले बताए । रेग्मीलाई माओवादी नेता एव प्रदेश सभा सदस्य महेशदत्त जोशी, क्षेत्र २(क) प्रदेश सभा सदस्यका उम्मेदवार ओम विक्रम भाटले अबिर खादा लगाएर पाटीमा प्रवेस गराएका छन । निर्वाचन क्षेत्र २(क)मा एमाले टिकट विवादको असर एमाले शुक्लाफाँटा नगरका स्थानीय कार्यकर्तामा परेको देखिएको छ । एमालेभित्र आफन्तवाद हैकम हावि भएकाले परिर्वतनको शक्ति माओवादी केन्द्रमा प्रवेस गरेको रेग्मीले बताएका छन ।