कञ्चनपुर । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले कञ्चनपुर निर्वाचन क्षेत्र ३ अन्र्तरगत भीमदत्त नगरपालिका बजार क्षेत्रमा घरदैलो गरेका छन ।

बुधबार बिहानैदेखि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय रमेश लेखक र टेकेन्द्र प्रशाद भट्ट सहित गठबन्धनका नेताहरुले भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजार क्षेत्रमा घरदैलो गरेका हुन । बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र ३प्रतिनिधी सभा सदस्यका उम्मेदवार रमेश लेखक र क्षेत्र ३(क) प्रदेश सभा सदस्यका उम्मेदवार टेकेन्द्र प्रशाद भट्टले संविधानको रक्षाका लागि गठबन्धन भएको बताउदै स्थानीय समस्या समाधानका लागि पहल गर्ने बताएका छन । ‘उम्मेदवारद्वय लेखक र भट्टले स्थानीय नागरिकका समस्या , गुनासा सुन्दै अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन, ‘बाम लोकतान्त्रिक गठबन्धनका नेता दशरथ भण्डारीले भने, ‘राष्ट्रिय राजनीतिक परिवेस अनुरुप निर्वाचन क्षेत्रमा समेत सत्ता गठबन्धनका उम्मेदबार र नेताले नागरिका गुनासा सुन्दै मत मागिरहेका छन ।’ बाम लोकतान्त्रिक गठबन्धनका अर्का नेता गोपाल गुरुङ्गले सिङ्गो देश बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा माहोल बन्दै गएकाले क्षेत्र ३मा पनि गठबन्धनको तिव्र रुपमा प्रचार प्रसार भईरहेको बताए । ‘हामी गठबन्धनमा आबद्ध सबै पार्टीका नेता कार्यकर्ता सहित उम्मेदवार चुनावी मैदानमा होमिएका छौँ, ‘उनले भने, ‘जनताको चाहना पनि यस पटक समावेसी संविधानको रक्षा गर्ने शक्तिलाई हेर्न चाहेका छन ।’

प्रतिक्रिया दिनुस