कञ्चनपुर । कञ्चनपुरको कलुवापुर बजारमा बाम लोकतान्त्रिक गठबन्धनले घरदैलो गरेका छन । बुधबार बिहान निर्वाचन क्षेत्र २(क) अन्र्तरगत शुक्लाफाँटा नगरपालिका ११ कलुवापुर बजारमा बाम लोकतान्त्रिक गठबन्धनले घरदैलो गरेका हुन ।

बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय प्रतिनिधी सभा सदस्य तर्फ एनपी साउद, प्रदेश सभा सदस्यका उम्मेदवार ओम विक्रम भाट(सरल) सहितका बाम लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ताहरुले घरदैलो गर्दै मत मागेका छन । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय भाट र साउदले जनताको चाहना अनुरुप स्थानीय दिगो विकासदेखि संविधानको रक्षा गर्नका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउन अपिल गरेका छन । समावेसी संविधानको रक्षा र संविधानले व्यवस्था गरे बमोजिम नागरिकका हक अधिकार सुरक्षित पार्ने र स्थानीय जनताका आधारभूत समस्या समाधान गर्ने प्रण गरेका छन । क्षेत्र २मा विद्यमान आरक्षपीडित, भूमिहिन, सुकुमबासी, मुक्त कमैया, हलिया, कटानी, डुवानका समस्या समाधान गर्ने बचन दिईरहेका छन ।

प्रतिक्रिया दिनुस