कञ्चनपुर । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार त्रय बिना मगर, दिवान सिह विष्ट र बन्धु रानाले बेलडाँडीका स्थानीय नेता कार्यकर्ता सहित जनतासंग भेटघाट कार्यक्रम गरेका छन ।
शनिबार बेलडाँडी गाँउपालिका १ लक्ष्मी टोलमा बाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर, दिवान सिह र बन्धु रानाले बेलडाँडीका स्थानीय नेता कार्यकर्ता सहित जनतासंग भेटघाट कार्यक्रम गरेका हुन ।
बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १(ख) निर्वाचन मुल परिचालन समितिका संयोजक चेतन कुमार राईले बाम गठबन्धनका त्रय उम्मेदवारले बेलडाँडीका स्थानीय माओवादी, काँग्रेसका नेता कार्यकर्ता एव जनतासंग छलफल गरेको बताए । बेलडाँडीका गाँउपालिका १ बाम लोकतान्त्रिक गठबन्धनका स्थानीय नेता कार्यकर्ताहरुले बाम लोकतान्त्रिक गठबन्धनलार्ई बहुमतका साथ जिताउने प्रतिबद्धता जाहेर गरेका छन । नेपाली काँग्रेस बेलडाँडी १का सभापति एव बाम लोकतान्त्रिक गठबन्धनका नेता रण बहादुर सिहले मुलुकको परिस्थिति अनुरुप बाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध पार्टीका नेता कार्यकर्ता एक ढिक्का भएर चुनावमा होमिने प्रतिबद्धता जाहेर गरेका छन । उक्त कार्यक्रममा राप्रपा बेलडाँडीका नेता रमेश नाथ पाटी परित्याग गरेर काँग्रेसमा प्रवेस गरेका छन । नाथलाई काँग्रेस नेता एव प्रदेश सभा सदस्यका उम्मेदवार दिवान सिह विष्टले पाटी प्रवेस गराएका छन । कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार त्रय मगर, विष्ट र रानाले जनताले दिएको मत खेर जान नदिने बचन दिएका छन । स्थानीय विकास निर्माणदेखि राष्ट्रियताका विषयमा दृढ भएर अघि बढ्ने बचन दिएका हुन ।