कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिका ६ चाँन्देवमा बाम लोकतान्त्रिक गठबन्धनले सम्पर्क कार्यालय उद्घाटन गरेको छ । शनिबार निर्वाचन क्षेत्र १(क) अन्र्तरगत पर्ने लालझाडी गाँउपालिका ६ चाँन्देवमा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो ।
अखिल क्रान्तिकारीका केन्द्र्रीय सदस्य तथा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र १ मा खटिएका किशोर भट्टले बाम लोकतान्त्रिक गठबन्धनले चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालय खोलिएको बताए । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र १ प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर र १(ख) प्रदेश सभा सदस्यका उैम्मेदवार बन्धु रानाले चुनाव प्रचार प्रसारका लागि संयुक्त वडा कार्यालय उद्घाटन गर्दै जनताको हितमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । लालझाडी गाँउपालिकामा समेत बाम लोकतान्त्रिक गठबन्धनले निरन्तर वडा कार्यालय उद्घाटनदेखि चुनावी कार्यक्रम जारी राखेकोछ ।