देश यतिबेला रास्टियता ,जनतन्त्र ,जनजिबिका र आर्थिक अर्थतन्त्रको संक्रमणकालिन अबस्थाबाट गुज्रिएको छ ।महान नेपाली जनताको त्याग तपस्या र बलिदानिपुर्ण संघर्ष बाट ल्याएको गणतन्त्रलाई देशका संसदबादी बर्जुवा पार्टीले लोकतान्त्रिक गणतन्त्रको नामाकरण गरि यो देशमा बर्जुवा परिपाटीको गणतन्त्र लादेका छ्न।

महान दसबर्से जनयुद्ध ६२र६३सालको जनआन्दोलनले शोषक र सामन्ती राजसंस्थाको रूपमा रहेको राजसंस्थालाई त चिहानमा पुगायो।हामीले भन्ने गरेको शोषक र सामन्तबादको अन्त्य त गर्यौ ।तर बिड्म्मा नै मान्नु पर्छ नेपाली जनताले सोचेको भन्दा ठिक उल्टो र त्यसको ठाउँमा अहिले लोकतान्त्रिक गणतन्त्रको नेर्तुत्व गर्ने बर्जुवा संसदबादी दलले यो देशमा झन अर्को भ्रष्ट ,लुटखसोट गर्ने थुप्रै प्रकारका प्रर्बिती भएका बिचौलिया दलाल र माफियाहरु जन्मायो ।जसले गर्दा राज्य ब्यबस्था र सरकार आजको दिनमा हेर्दाखेरी हिजोको मन्डले पंन्चायती ब्यबस्था भन्दा दोब्बर गन्याएको देखिन्छ।

यसको प्रर्तिनिधित्व खास गरि संसदीय ब्यबस्था मान्ने पार्टीले गर्दै आएका छ्न ।त्यसैले यो राज्य ब्यबस्था, सरकार सत्ता अहिले भ्रष्टाचार ,घुसघोरी माफिया ,जनघात ,रास्टघात गर्ने संसदबादी पार्टीको निकै ठूलो र डरलाग्दो दलदलमा फसेको छ । यसको निकास र समस्याको समाधान संसदीय ब्यबस्था बाट हुन सक्दैन यसलाई मिल्काउनै पर्छ ।आवाधिक रूपमा आउने संसदीय चुनावले यसको हल गर्ने भन्दा पनि यो राज्यमा भ्रष्टाचारलाई बढ्वा दिने ,रास्टघात गर्ने ,जनघात गर्ने लुटिखाने, वैदेशिक हस्तेक्षप बढाउने ,बिचौलियाको रजगज हुने र लुटखोसटको दलदलमा फसाउने निश्चितप्रायः पक्का छ ।

जनतालाई गुलिया र भ्रमपुर्ण फगत नारा बेच्दै आउने र जनताले त्यसैमा खुशी देख्ने जुन स्थितिबाट हामी गुज्रियौं ।परिमाण हामी यो राज्यमा यी संसदबादी दलबाट निराशा बाहेक केही पायनौं।आज जनताले लगभग ७ दशक लामो राजनीति ब्यबस्था र तिनिले गर्ने काम र सरकार हेरिसकेका छ्न ।त्यसमा पनि खासगरी ४६र४७साल पछि भएको राजनीति परिवर्तन र गणतन्त्रको निम्ति २०५२सालमा ने क पा ९माओवादी०तत्कालीन सत्ताका विरुद्ध गरेको बिद्रोह र महान १ण्बर्स जनयुद्धले आम नेपाली जनता ल्याएको राजनीतिक परिवर्तन र चेतना ६२र६३सालको आन्दोलन पश्चात्अहिले२०७९सम्म पुग्दा यो देशका जनताले पटक पटक प्रधानमन्त्री र केही ब्याक्तीलाई धेरै पटक सरकार र सत्ताको चाबी नसुम्पिएका होइनन् ।तर आफ्नो लागि मात्र सोच्ने कुर्सी र सरकार प्यारो मान्ने देशका लागि फिट्टिकै काम नर्गर्ने गलत सोचले आज हाम्रो मुलुक२१औं शताब्दीमा पनि बर्बादको स्थितिमा पुगेको छ।

यसका सम्पुर्ण जिम्मेवार र भागिदार भनेका अहिलेका संसदबादी दल नै हुन ।आर्थिक रूपमा हाम्रो मुलुक यिनिहरुको कारणले आज कंगालको स्थितिमा पुगेको छ ।आखिरमा आज आएर यो देशमा जनताका छोराछोरीले के पायो ,रुके उनीहरुको दैनिक जिबनयापनमा फेरबदल भयोरु के बेरोजागरिको दलदलमा फसेका र सर्टिफिगेट र मार्कसिट बोकेका ती हजारौं युवाले के रोजगार पाए रुवैदेशिक रोजागारिमा जाने हजारौं युवाको संख्या घट्यो रुयी प्रश्नको आज हरेक आम नागरिकले उतर खोजिरहेको छ तर यसको कुनै हल हुन सकेको छैन ।बरु अझै फृ भिसा र फृ टिकटका नाममा खाडी मुलुक नेपाली युवाहरूको श्रमलाई बेच्ने सपना संसदबादी दलहरूले दिईरहेका छन ।

यो निकै घतलाग्दो र हामिहरुका लागि लज्जित हुने विषय पनि हो ।अनि हामी कति बर्सौसम्म यिनिहरुको यस्तो घिन लाग्दो यस्तो प्रकारको रबैया सहेर बसिरहन्छौरुअहिले हाम्रा सामु निकै ठूलो प्रश्न जन्मिएको छ कि अब यिनिहरुको दासत्व स्वीकार गर्ने या यि संसदबादी दलका विरुद्धको बिद्रोह ।अहिलेआर्थिक राजनीतिक सामाजिक सबैतिर समस्या ज्युका त्यु छ्न । अर्थतन्त्रमा निकै ठूलो ह्रास आएको छ ।राज्यमा कल ,कारखाना उधोगधन्दा सरकारको केही छैन।अहिलेसम्म कच्चापदार्थको उत्खनन हुन सकेको छैन । ,वैदेशिक रेमिटेन्स बाट आएको पैसाले बल्ल सरकारको कामकाज धानेको छ ।

सरकारले जनताको निम्ति अहिलेसम्म दिन सक्ने ठोस काम के गर्यो त भन्दा केही छैन ।उल्टै सत्ता र सरकारमा रहेका मान्छे मोटाएका छ्न राज्य अहिले पनि दुब्लो नै छ ।यी सबै विषयको बारेमा तथ्यमा टेकेर यो राज्यमा अहिलेसम्मका सरकारले गरेका कामको अध्यन गर्ने हो भने मुलुकलाई यी बर्जुवा संसदबादी दलले खोक्रो बनाए ।आज जनतामा जुन निराशा छ ,जुन आक्रोश छ त्यो यी संसदबादी दलले जनतामा ल्याएको बिर्तिणा हो ।त्यसैले यो ब्यबस्था मक्किएको छ ।राज्यको हरेक संयन्त्र अहिले बेकामे बनेको छ ।बर्तमान संसदीय ब्यबस्था नेपाली जनताको हितमा छैन। यसले जनतालाई सार्बभौम सत्ता सम्पन्न र न्योचितअधिकार दिन सक्दैन् ।औचित्य समाप्त हुन लागेको मंसिर ४मा हुने संसदीय चुनाव जनताको लागि  काग लाई बेल पाक्यो हर्ष न बिस्मातू भने झै हो ।त्यसैले यस कारण निर्वाचन बहिष्कार आवश्यक छ ।
दोस्रो विषय राज्यसत्ता र जनताका बिचको जुन अन्तरबिरोध छ ,त्यसको हल भनेको यो देशमा नयाँ जनबादी क्रान्ति र बैज्ञानिक समाजबाद नै हो ।जनताका न्युनतम आवश्यकता र राज्यले जनतालाई दिने अधिकारको जुन विषय छ त्यो नयाँ जनबादी ब्यबस्थाले मात्र समाधान गर्न सक्छ । के त्यो अहिले हल भएको छ त भन्दा छैन ।रास्टिय स्वाधीनता एकदमै खतरामा छ, वैदेशिक हस्तक्षेप बढदै गएको छ ।बिदेशी प्रर्तिकृयाबादी शक्ति यो देशमा हाबी छ । हाम्रो देशमा तिनीहरुको पटकपटक हुने चलखेलले हाम्रो देशको रास्टिय स्वाधीनता निकै कमजोर छ । रास्टिय राजनीतिमा हुने सरकार फेरबदलको चलखेलले हाम्रो देशमा स्थायी राजनीति स्थिरता कायम हुन सकेको छैन ।किनभने संसदबादी दलहरू स्वयंम सरकार निर्माण लागि उनिहरु कहाँ आर्शिबाद थाप्न जान्छ्न ।भारतीय बिस्तारवाद र अमेरिकी साम्राज्यवादको राजनीतिक हस्तेक्षप हाम्रो देशमा झन बढदै गएको छ । यो देशमा कहिले अमेरिकाको खिचडी पाक्छ त कहिले भारतको। उनीहरुको सरकार फेरबदल क्रममा निरन्तर हस्तेक्षप हुँदै आएको छ ।उनिहरु हाम्रो देशमा आफू अनुकुल सरकार चलाउन चाहन्छ र संसदबादी दललाई त्यसैमा नाच्न लगाउछ्न र यिनिहरु नाच्छ्न।अहिलेका संसदबादी राजनीति दलहरु बिदेशीहरुको एजेन्टको रूपमा काम गरिरहेका छ्न ।
आदिवासी ,जनजाती ,दलित मधेसी उत्पीडित बर्ग, समुदाय ,सुकुम्बासी जस्ता जनताका जुन समस्या छ्न राज्यले अझै सम्बोधन गर्न सकेको छैन ।यी समस्याहरु झन बिकराल बन्दै गएका छ्न ।यो देशमा असमानताको खाल्डो झन बढ्दै गएको छ।जनताका नैर्सिगिंक अधिकारहरु कुन्ठित हुँदै गएका छ्न।राज्यमा राजनीतिको पहुँच रहेको बर्ग मोटाएको छ भने मजदुर , किसान र पहुँच नभएका नागरिकको अबस्थामा कुनै फेरबदल भएको छैन ।शिक्षा ,स्वास्थमा डरलाग्दो ढंगले निजीकरण हाबीभएको छ ।सरकारी शिक्षा धराशायी भएको छ ।शिक्षा स्वास्थमा माफियाकरण हाबी छ ।अझैसम्म हाम्रो देशमा आधुनिक र बैज्ञानिक कृषि प्रणाली लागू हुन सकेको छैन। कृषियोग्य जमिन दलालिकरण हुँदै मासिदै गएको छ ।यसको कुनै नियमन छैन।राज्यभित्र प्रार्कितिक साधनस्रोतको दोहन हुँदै गएको छ ।

राज्यमा भ्रष्टहरुको बोलाबाला र हैकम छ, राज्यमा ठुलालाई चैन सानालाई ऎन भने झै छ ।गुन्डागर्दी ,ह्त्या, हिंसा र जघन्य बलात्कार जस्ता घटनामा संल्घन दोसिलाई कार्बही गर्नुको सट्टा स्वयंमलाई सरकारले संरक्षण गर्दैआएको छ।यस्तो किसिमको निकै डरलाग्दो भयभीत यस्तो ब्यबस्थालाई स्विकार्दै यी संसदबादी भ्रष्टहरुले तोकेको मंसिर ४को संसदीय चुनावमा जनताले मतदान गर्नु भनेको यी भ्रष्ट शासकहरुलाई तिमिहरु खाउ ,अझै भ्रष्टाचार गर र लुट भनेर यिनिहरुको लुटखसोट गर्ने लाइसेन्स नवीकरण गर्नु सरह नै हो ।त्यसैले हाम्रो पार्टीले बिगत देखि नै संसदीय निर्वाचन बहिष्कार गर्दै आएको छ। यस कारण पनि निर्वाचन बहिष्कार आवश्यक छ ।

तेस्रो विषय अहिले हाम्रो देशमा रास्टिय स्वाधीनताको मुद्दा निकै कम्जोर अवस्थामा छ ।भारतले पटकपटक हाम्रो सिमानामा हस्तेप गर्दै आएको छ सिमा अतिक्रमण बढेको बढेयै छ ।एकातिर रोटि र बेटिको नारा दिने अर्कोतिर आफुलाई शक्तिमा ठूलो ठान्ने भारतीय बिस्तारबादी जुन हैकम छ ,हामी सदियौं बर्ष देखि भारतीय पक्षको यश प्रकारको हेपाहा प्रर्बितिबाट सिमानामा दुख झेल्दै आएका छौ । हामी हाम्रो देशमा भारतीय बिस्तारबादको जुन उपनिबेसको उत्पीडिन छ त्यसको मार खेप्दै आएका छौं ।

हामीले हाम्रो मुलुकलाई अहिलेसम्म भारतिय उपनिबेशबाट मुक्त गर्न सकेका छैनौ ,।हाम्रो मुलुकमा भारतीय बिस्तारबादको प्रत्यक्ष हैकम कायम नै छ ।जसले देशका लगभग ७२ठाउँमा सिमा अतिक्रमण गरेको छ ।त्यसमा पनि लिपुलेक ,कालापानी जस्ता हाम्रा क्षेत्रमा उसले अनेकप्रकारका तिकडम मच्चाउदै आएको छ र हामिले अहिलेसम्म पनि आफ्नै भुमिलाई हाम्रो हो भनेर दाबी गर्नुपर्ने उल्टो स्थिती सिर्जना भएको छ ।पटकपटक सरकारमा नेर्तुत्व गर्ने संसदीय पार्टिले सो विषयमा चुइक्क बोल्न सक्दैनन र कुटनैतिक सम्बन्ध मार्फत टुङ्याउनु पर्ने यी विषय भएपनी भारतले हाम्रो मुलुकलाई कमजोर ठानेर उसले टेरपुच्छ्रर लगाउदैन ।

अहिलेसम्मका सरकार भारतको अगाडि लम्पसार परेर चलेका छ्न र भित्री रूपमा ती सरकार भारतको गोटि बनेर टिक्केको इतिहास ताजा नै छ ।बर्तमान सरकार पनि उसकै जि हजुरिमा टिकेको छ जसका कारणले संसदीय पार्टीले यी मुद्दालाई दह्रो संग आफ्ना कुरा राख्ने आंट गर्दैनन् ।यस्तो प्रकारको उपनिबेशको जन्जिर तोडन तपाईं हामीले यी संसदबादी दलका विरुद्ध बिद्रोह गर्नै पर्छ र रास्टिय स्वाधीनताको लडाइ लडनै पर्छ ।यस कारण पनि यो संसदीय निर्वाचनको कुनै औचित्य छैन र यसकारण पनि यो बहिष्कार गर्नुपर्छ ।
चौथो विषय यी संसदबादी दलहरु जति सरकारमा गए ।यिनिहरुले त्यति नै रास्टघात र जनघात गरे ।हाम्रो देशका महत्वपूर्ण नदिनाला भारतलाई सुम्पिदिए ,नदिनाला बेचे माफर्त सरकार टिकाय ।महाकाली ,कोशी ,गण्डकी जस्ता नदिहरु बेचे अहिले त्यसको मार जनताले खेपिरहेका छ्न्।त्यति मात्रा होइन देश लोकतान्त्रिक गणतन्त्रमा आउँदा संसदबादी दलहरू रास्टघात गर्न निकै उद्दत भएं । पछिल्लो खाल खन्डमा संसदीय सरकारको नेर्तुत्व गर्ने दलहरूले बिप्पा सम्झौता , माथिल्लो कर्णाली सम्झौता , पश्चिम सेती सम्झौता , पंन्चेस्वर परियोजना जस्ता सम्झौता हुँदै अमेरिकी सरकार संग भएको रास्टघाती MCC सम्झौता, एस पि पि ,नागरिक विधेक जस्ता रास्टघाती सम्झौता गरे ।

यिनिहरुका यस्ता रास्टघाती सम्झौताले के देखायो भने यी रास्टप्रर्ती कति उदार छ्न र देशको माया कति छ भन्ने कुरा पनि प्रमाणित भयो ।यी दलहरूले जसरी रास्टघाती काम गरे । राज्यलाई हेर्ने दृटिकोणलाई कति सम्म ठिक छ भन्ने कुरा प्रष्ट रुपमा उदाङ्गोपारेको छ। यी दलहरू रास्टप्रर्ति कति गैरजिम्मेवार छ्न् भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ। यसकारण पनि यिनिहरुले घोषणा गरेको दलाल संसदीय ब्यबस्थाको मंसिर ४को निर्वाचन बहिष्कार गर्नु जनताको यी दलहरूका विरुद्धको बिद्रोह पनि हो। यसकारण पनि निर्वाचन बहिष्कार आवश्यक छ ।
अत्यन्तमा, हाम्रो पार्टी नेकपा क्रान्तिकारी माओवादी अहिले पनि यो देशमा नयाँ जनबादी क्रान्तिको बाटोमा अगाडि बढिरहेको छ ।नयाँ जनबादी ब्यबस्था प्राप्ती नभएसम्म हामी जनताको जनजिबिका संग जोडिएका विषय बस्तु ,रास्टियता जनतन्त्र र उत्पीडित बर्ग समुदायको निम्ति निरन्तर क्रान्तिकै बाटो छौ ।दलाल संसदीय ब्यबस्था भनेकोू खसिको टाउको झुन्डाउने र कुकुर मासु बेच्ने थलो नै हो ।दलाल संसदीय ब्यबस्थालाई जलमल गर्ने र चुनावमा जनतालाई भ्रम र गुलिया नारा बांडने यी संसदबादी दलबाट यो मुलुक उभो लाग्दैन ।अहिले जनता आउन यिनिहरु स्वयंम एक्लै आउने स्थितिबाट डराइरहेका छ्न ।बिचार ,सिद्धान्त ,राजनीतिक उद्देश्य समेत नमिल्ने पार्टीहरुको बिचमा कुर्सी प्राप्तिको लागि गठबन्धन भैरहेको छ ।

जनताको जनमतको कदर यस्ता जाली झेली र प्रोपोकान्डा गरेर जित्ने संसदीय निर्वाचनले कदापि गर्न सक्दैन।कुर्सी प्राप्तिको निम्ति यी बर्जुवा संसदबादी दलले कति सम्म जनताको र संम्बिधानको हित बिपरित काम गर्छ्न भन्ने कुरा बिगतको इतिहासले प्रमाणित गरिसकेको छ ।त्यसैले यहि मंसिर ४मा हुने संसदीय निर्वाचन श (शक्त बहिष्कार गरौ ।यो देशमा संसदिय ब्यबस्थाको अत्यन्त गर्दै संघीय जनगणतन्त्र र नयाँ जनबादी ब्यबस्थाको लागि आम सबै समुदायले आ आफ्नो ठाउबाट बिद्रोहको आंट गरौ र मोर्चा कसौं।कथित संसदीय ब्यबस्थाको यहि मंसिर ४मा हुने प्रादेशिक र संघिय प्रतिनिधि संसदका लागि हुने निर्वाचन सक्रिय बहिष्कार गरौं ।
लेखक नेकपा (क्रान्तिकारि माओवादी)का केन्द्रीय सदस्य हरी सुवेदी  हुनुहुन्छ ।

प्रतिक्रिया दिनुस