कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र ३ स्वतन्त्र प्रतिनिधी सभा सदस्यकी उम्मेदवार शारदा चन्दले १३ बर्षिया बालिका निर्मला पन्तको न्यायका लागि एमाले नेतृ एव संसद निरुदेवी पाल एक शब्द समेत नबोलेको आरोप लगाएकी छिन ।

मंगलबार आफ्ना चुनावी एजेण्डा सार्वजनिक गर्दै स्वतन्त्र उम्मेदवार चन्दले यही क्षेत्रकी अबोध बालिकाको बलात्कार पछि हत्या हुँदा समेत न्यायका लागि पालले सत्ता र शक्तिमा हुँदा केही पहलै नगरेको आरोप लगाउनुभयो । ‘निरुदेवी पाल संसदको महिला तथा बालबालिका समितिको सभापति हुनुहुन्थ्यो, ‘उनले भनिन, ‘निर्मलाका लागि शक्तिमा हुँदा बोल्नु नै भएन ।’ निर्मलाको न्यायका लागि पाललाई भेट्न जाँदा निर्मलाको बलात्कारी हत्यारा उनकै बाबु यज्ञराज भएको भन्दै उल्टै थर्काएर पठाएको चन्दले बतार्इैन । ‘उतिबेला एमाले नेतृत्वमा सरकार थियो, ‘चन्दले भनिन, ‘निरुदेवी पालले हत्यारा पत्ता लगाउन चाहेको भए लाग्थ्यो, तर चाहनु नै भएन, त्यही भएर अहिलेसम्म हत्यारा थाहा पाई पाई पनि बाहिरा ल्याउन सकेको छैन ।’

यस क्षेत्रबाट पुर्वमन्त्री समेत भएका रमेश लेखकले पनि निर्मलाका न्यायका लागि काँग्रेस सरकार आएपछि नबोलेको उनले गुनासो छ ।

एमाले अध्यक्ष ओली नेतृत्वको सरकार र त्यसपछि आएको काँग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले निर्मलाको न्यायका लागि केही नगरेको चन्दको आरोप छ । ‘मेरो मुख्य एजेण्डा निर्मलाकै न्यायका लागि हो, ‘उनले भनिन, ‘निर्मलाका छोरीको न्यायका लागि चुईक्क समेत नबोल्ने अहिले के मुखले भोट मागिरहेका छन ।’ चन्दले निर्मलाका लागि दल, तिनका नेताबाट भएको आन्दोलन फगत स्वार्थ र सत्ताका लागि भएको टिप्पणी छ । ‘निर्मला काण्डपछि तत्तकालिन गृहमन्त्री राम बहादुर थापा(बादल) किन ? ओलीतिर गए, ‘चन्दले भनिन, ‘रहस्य हामीले सबै बुझिसके, भिआईपीका मान्छे जोगाउने खेलभयो ।’ ओली सरकार चोखिनका लागि अनुसन्धानका खटिएका निर्देष प्रहरीलाई बिना कारण कार्बाहीको नाटक गरिएको उनको दुखेसो छ । ‘ओली र देउवा दुवै सरकारलाई निर्मलाका हत्यारा को हुन, भन्ने थाहा छ, ‘चन्दले ठोकुवा गर्दै भनिन, ‘तर दुवै सत्ताका लागि चुपचाप छन ।’

प्रतिक्रिया दिनुस