कञ्चनपुर । बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुर क्षेत्र १ का उम्मेदवारद्वय बिना मगर र दिवान सिह विष्टले बेलौरी नगरपालिकामा निरन्तर चुनावी अभियान जारी राखेका छन । बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर र प्रदेश सभा सदस्यका उम्मेदवार दिवान सिह विष्टले बेलौरीमा निरन्तर चुनावी अभियान जारी राखेका हुन ।

मंगलबार पनि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय मगर, विष्ट र माओवादीकी समानुपातिक उम्मेदवार दिपा चौधरी सहित गठबन्धनका नेता कार्यकर्ताहरुले बेलौरी नगरपालिका ४, ५ र ७का विभिन्न गाँउ बस्तीहरुमा घरदैलो गरेका हुन ।

आफ्ना चुनावी एजेण्डा लिएर बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गाँउघर बस्तीमा गईरहेका छन । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय बिना मगर र दिवान सिह विष्टले सविधानको रक्षाका साथै स्थानीय समस्या समाधान गर्दै क्षेत्रको दिगो विकास र सम्बृद्धिका लागि काम गर्ने प्रण गरेका छन ।

स्थानीयले समेत संविधान मिच्ने भन्दा समावेसी संविधानको रक्षा गर्ने गठबन्धन भन्दै गठबन्धनका उम्मेदवारद्वय मगर र विष्टलाई भव्य रुपमा स्वागत गरिरहेका छन । जनताको न्यायो माया सार्थ सर्मथनले आफुहरु उत्साहित भएको बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय मगर, विष्टले अनुभव व्यक्त गरिरहेका छन ।

प्रतिक्रिया दिनुस