भाष्कर केसी

महाकाली प्रादेशिक अस्पतालका पुर्व मेसु डा. सुभेषराज कायस्थ र निमित्त मेसु डा. अर्जुन भट्टलाई रामलीला रत्न सम्मान गरिएको छ । रामलीला समिति कञ्चनपुरले महाकाली प्रादेशिक अस्पतालका पुर्व मेसु डा. सुभेषराज कायस्थ र निमित्त मेसु डा. अर्जुन भट्टलाई रामलीला रत्न सम्मान गरेको हो ।

रामलीला समिति कञ्चनपुरका अध्यक्ष शमरजङ्ग बहादुर चन्दले यस क्षेत्रका स्वास्थ्यका अतुलनिय भूमिका निर्वाह गरेको भन्दै रामलीला रत्न सम्मान गरिएको बताए । डा.द्वय कायस्थ,भट्ट सहित महाकाली अस्पतालमा कार्यरत डा. ग्रिस अवस्थी, डा. दुर्गोश चौधरी र मन्त्र अस्पतालका निर्देशक डा. गोबिन्द रोकाया, नागार्जुन मेडिकल हलका संचालक कैलाशचन्द्र भट्ट सहितलाई सम्मान गरिएको छ । प्रमाण पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरिएको छ । यस क्षेत्रका जनताको स्वास्थ्यमा अतुलनिय भूमिका निर्वाह गरेको भन्दै रामलीला समितिले डाक्टरहरुलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुस