खडक कोली 
आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर क्षेत्र २(क) प्रदेश सभा सदस्यका उम्मेदवार ओम विक्रम भाट(सरल)ले निरन्तर चुनावी अभियान थालेका छन ।
बाम लोकतान्त्रिक गठबन्धन प्रदेश सभा सदस्यका उम्मेदवार ‘सरल’ लाई कृष्णपुरका जनताको सार्थ सर्मथन पाईएको छ । जहाँ सरल र प्रतिनिधी सभा सदस्यका उम्मेदवार एनपी साउद गाँउ थाँउमा जान्छन, त्यहाँका स्थानीय निधारभरी रातो टिका र गलामा जैविक फुलका माला लगाईदिने गरेका छन ।
पार्टीका नेता कार्यकर्ता, सिङ्गो काँग्रेस, समाजवादी, जनमोर्चा, युवा, महिला, बुद्धिजिवी समाजिक अगुवा, आदिवासी जनजाती, ब्रम्हमण, क्षेत्री, जनजाती, थारु दलित समुदाय सबै समुदायको साथ सर्मथन पाएका सरललाई जनताको अपार साथसर्मथन रहेको पाईएको छ । बाम लोकतान्त्रिक गठबन्धन कृष्णपुरका युवा नेता मख्खन दहित(चौधरी)ले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार प्रतिनिधी सभा सदस्य तर्फ एनपी साउद र प्रदेश तर्फ ओम बिक्रम भाट(सरल)प्रति जनता आशावादी र आकर्षित भईरहेको बताए । क्षेत्र २(क)मा सरलले निरन्तर चुनावी अभियान थालेका छन । ‘कुनै कार्यक्रममा संघका उम्मेदवार साउद र प्रदेशका उम्मेदवार भाटसंगसंगै हुन्छन, ‘उनले भने, ‘संघका उम्मेदवार साउद २(ख)तिर गएका बेला प्रदेशका उम्मेदवार सरलले निरन्तर चुनावी मैदानमा होमिएकै छन ।’

प्रतिक्रिया दिनुस