कञ्चनपुर । नेकपा एकिकृत समाजवादी पार्टी कञ्चनपुरले क्षेत्र नम्बर १मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेवार जिताउन चुनावमा होमिने भएको छ । केन्द्रमा चार सत्ताधारी बाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरुको निर्णय अनुरुप नेकपा एकिकृत समाजवादी पार्टीले क्षेत्र १मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउन प्रचारप्रसारमा हिड्ने भएका हुन ।
बुधबार निर्वाचन क्षेत्र १मा बाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि क्षेत्र १मा गठबन्धनकै उम्मेदवार जिताउने गरी समाजवादीले समेत औपचारिक रुपमा सहभागि जनाएको निर्णय गरेको हो । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र १का प्रतिनिधी सभा सदस्य बिना मगर, क्षेत्र २(क)का प्रदेश सभा सदस्यका उम्मेदवार दिवान सिह विष्ट सहित बाम लोकतान्त्रिक गठबन्धनका नेताहरुको उपस्थितिमा बसेको बैठकले केन्द्रमा भएको सहमती अनुरुप क्षेत्र १ मा पनि समाजवादीले प्रचारप्रसारमा खटिने निर्णय गरिएको बाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधी सभा मुल परिचालन समितिका संयोजक लोकेन्द्र लम्सालले बताए । ‘केन्द्रीय निर्णय अनुरुप अब समाजवादीले समेत क्षेत्र १मा संघ र प्रदेश तर्फका तीनै उम्मेदवार बिना मगर, दिवान सिह विष्ट र बन्धु रानालाई जिताउन खटिनेछन ।’
बाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधी सभा मुल परिचालन समितिका सह संयोजक गोपी प्रशाद उपाध्यायले केन्द्रीय गठबन्धनको मर्म र भावना अनुरुप समाजवादी समेत औपचारिक रुपमा क्षेत्रमा खटिने बताए । निर्वाचन क्षेत्र १(ख)का निर्वाचन परिचालन समिति संयोजक चेतन कुमार राईले गठबन्धनको भावना अनुरुप संघमा समाजवादीका तर्फबाट मुल परिचालन समितिमा तिलक भट्ट,बिनोद नेपाली र बिर बहादुर विष्टलाई जिम्मेबारी दिईएको बताए ।
यस्तै प्रदेश सभा निर्वाचन परिचालन तर्फ बिर बहादुर बडुवाल, गोपाल पन्त, दिल बहादुर खडका, मायाराम शर्मा, दिर्घराज जोशही, डम्बर खडका, मञ्जु सुनार, शमशेर सिह पेला र अमृत सिनाललाई जिम्मेबारी दिईएको छ । बैठकमा नेकपा एकीकृत समाजवादी कञ्चनपुरका जिल्ला अध्यक्ष जिवन थापाले केन्द्रीय मर्मत भावना अनुरुप क्षेत्र १मा प्रतिनिधी सभा सदस्य बिना मगर, (क) बन्धु राना र (ख) दिवान सिह विष्टलाई भारीमतले विजयी गराउने प्रतिबद्धता जाहेर गरेका छन । समाजवादी कञ्चनपुरका जिल्ला अध्यक्ष थापाले समाजवादीका उम्मेदवार भारी मत दिलाउनका लागि क्षेत्रका सबै वडा, टोल बस्ती घर घरमा आफ्ना नेता कार्यकर्ताहरुलाई पु¥याउने प्रतिबद्धता जाहेर गरेका छन ।