कञ्चनपुर । निर्वाचन आचार संहिता विपरित बेलौरी नगरपालिका ४का वडाध्यक्ष अर्जुन ढकाल खुलेयाम एमालेको प्रचारबाजीमा उत्रिएका छन ।
निर्वाचन आचारसंहितालाई अत्याउँदै वडाध्यक्ष ढकाल एमालेको प्रचारबाजीमा उत्रिएका हुन । उनले क्षेत्र १(ख) एमाले लालझाडीका सबै वडाहरुमा एकैसाथ सम्पर्क कार्यालय उद्घाटन गरेको प्रकासित समाचार आफ्नो समाजिक सञ्जालबाट पोष्ट गरेका छन । जबकी तिनै वडाध्यक्ष ढकाले आफ्नो पार्टी एमालेको समाचार नलेखेकेको झोकमा के पत्रकारलाई आचार संहिता लाग्दैन भनेर आरोप लगाउँदै हिडेका थिए । एमालेको समाचार शेयर गरेपछि स्थानीय उनीमाथि खनिएका छन ।
कुँवर राजन राजुले यहाँलाई आचारसंहिता लाग्छ कि नाई भनिदिनुहोस त नेता ज्यू भन्ने जिज्ञासामा वडाध्यक्ष ढकालले आफुले कसैको प्रंचार नगरेको जिकिरी गरेका छन । आयोगले स्पष्ट भनेपनि उनले आफ्नो क्षेत्रमा रहेका एमालेका उम्मेदवार पल्लवराज भट्ट हराउनका लागि आफ्नोतिर निर्वाचन आचार संहिताको कुरा गरेर पन्छिने, अर्को क्षेत्रतिर प्रचारमा हिडेको भन्दै स्वयम एमाले नेता कार्यकर्ताहरुले ढकालको अटाक्ष गरिरहेका छन । अरुलाई आचार संहितको पाठ सिसाउने, आफु खुलेयाम एमाले प्रचार गर्ने भन्दै स्थानीयले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन । जनप्रतिनिधीले लाईक कमेन्ट गर्न समेत नपाईने अवस्थामा वडाध्यक्ष ढकालले आचार संहिता बिरुद्धमा गरिरहेको गतिबिधी भन्दै स्थानीयले भत्र्सना समेत गरेका छन ।