भुवन भट्ट
महेन्द्रनगर २६ भदौ , सिद्ध सामुदायीक प्रस्ताविक वनबाट काठ तस्कर गर्नेमाथी कार्वाहि नगरीए ब्रमदेवका एक स्थानीयले अनशन बस्ने चेतावनी दिएका छन् । भीमदत्त नगरपालीका –९ सिद्ध सामुदायीक प्रस्ताविक वनबाट गत भदौ १४ गते काठ तस्करी गर्ने माथी कुनै कार्वाहि नथालीएको भन्दै खल्लाका ८४ वर्षिय हरि दत्त जोशीले अनशन बस्ने चेतावनी दिएका हुन् । जँगलमा काठ काटिरहेको अवस्थामा ३ जना सहित सोहि सामुदायीक वनका अध्यक्षको काठ लोड गर्न लगिएको ट्याक्टर जंगलमा देखेपछि उनले प्रहरी लाई खबर गरेका थिए । तर प्रहरीले भने तस्करहरुमाथी कुनै कार्वाहि प्रक्रिया नथालेको भन्दै उनले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटमा अनिश्चिकालीन अनशन बस्ने चेतावनी दिएका छन् । प्रहरी लाई खबर गरेपछि आफुमाथी पटक पटक ज्यान मार्ने धम्कि आईरहेको उनको भनाई छ । तस्करहरुबाट आफ्नो जिउ ज्यानको अशुरक्षा रहको भन्दै उनले प्रशासनको गेटमा अनशन बसेर देह त्याग गर्ने मनस्थीती बनाएको बताए ।
“ यस अघि पनि सोहि तस्करहरुले वनबाट काठ काटि भारत पु¥याउने गरेका थिए,–उनले भने“१४ गते दिउसो जंगलमा काठ काटिरहेको अवस्थामा आफैले देखेपछि तस्करहरु १६ गते घरमै आएर हातपातको प्रयास गरे , त्यहा बाट त बच्न सफल भए तर पटक पकट धम्कि दिईरहेका छन” ।
जंगलमा काठ काटिएको विषयमा उनले ईलाका प्रहरी कार्यालय ब्रमदेवलाई जानकारी गराएका थिए । उनले काठ चोरीमा संलग्नको नाम प्रहरी लाई बताएका थिए । तर प्रहरीले गोप्य रुपमा नाम दिईएकाले पक्रन नसकेको बताएको छ । प्रहरीले तस्करमाथी कुनै एक्सन नलिदा तस्करहरुले प्रहरीलाई सुचना लिक गरेको भन्दै जोशी माथी आक्रमणको प्रयास गरिरहेका छन् ।
गाउँमा असुरक्षा भाव बढ्दै गएको भन्दै उनले चौविसै घण्टे अनशन बसेर वर्षाेदेखी काठ तस्करी हुदै आएको उत्त वनमा प्रहरी तथा वनकार्यालयले तस्करहरुमाथी कुनै कार्वाहि नगर्दा वनक्षेत्र मासिदै गएको उनको भनाई छ । उनले अबको केहि दिनमै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा अनसन बस्ने चेतावनी दिएका हुन् ।
भदौ १४ गते दिउँसो करीव ५५ क्युफिट काठ उत्त सामुदायीक वनबाट काटिएको थियो । तर प्रहरीले भने त्यसको ३ चौथाई कम वेवारीसे अवस्थामा फेला पारेको जनाएको छ । उत्त काठ सामुदायीक वनका उपाध्यक्षको रहोबरमा छोडि अनुशन्धान भईरहेको सव डिभिजन वन कार्यालय ब्रमदेवले जानकारी दिएको छ । रेन्जर जिवन भण्डारीका अनुशार ७ आईतबार पुरा भएपनि कुनै सुराकि हात पार्न सकिएको छैन् । उनले अनुशन्धान जारी रहेको बताए ।
वन कार्यालयले तस्करहरुको सँरक्षणगरेको वडा अध्यक्ष नाथको भनाई
भीमदत्तनगरपालीका ९ का वडा अध्यक्ष रामनाथले उत्त सिद्ध सामुदायीक प्रस्ताविक वनबाट काठ तस्करी हुने यो पहिलो घटना नभएको बताए । उनले आफु निर्वाचीत हुनु पुर्व देखीनै काठचोरी भएका सुन्नमा आउने गरेका बताउदै प्रहरी तथा वन कार्यालयले कुनै एक्सन नलीने गरेको बताए । १४ गते राति चोरी भएको काठको विषयमा समेत व्रमदेव सव डिभिजन कार्यालय मौन बसेको उनको भनाई छ । स्थानीयको खबर पछि आफुले पनि पटक पटक प्रहरी तथा वनकार्यालय लाई आरोपित तस्करमाथी अनुशन्धान थालीनुपर्ने बताए पनि कुनै एक्सन नलिएको उनको भनाई छ । उनले यसरीनै काठ तस्करी गरिए उत्त वन छिट्टै रित्तीनेमा चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुस