कञ्चनपुर ,  कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुरमा चितुवाको बच्चा फेला परेको छ ।धरमपुर गाउँनजिकै बछेला सामुदायिक वनमा चितुवाको बच्चा फेला परेको बछेला सामुदायिक वनका अध्यक्ष बिष्णु राम दमाईले जानकारी दिनुभयो ।

घाँस दाउराका लागि बन गएका स्थानीय महिलाहरुले चितुवाको बच्चा देखेपछि अन्यलाई खबर गरेका थिए ।बछेला सामुदायिक वनको सालघाँरी जंगलमा फेला परेको चितुवाको बच्चालाई वन कार्यलय लाई खवर गरेको अध्यक्ष बिष्णु राम दमाईले बताए ।

चितुवाको बच्चा वन कार्यलयको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।बेदकोट नगरपालिकाको उत्तरी चुरे क्षेत्रसंगै रहेका गाउँमा चितुवाले स्थानीयमा गाई, बाख्रा खादै आएको स्थानीयले बताए ।

प्रतिक्रिया दिनुस