कञ्चनपुर भदौँ २७, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका प्रवक्ता जगत बहादुर सिहको निजी सवारी सधान जिपमा अज्ञात समुहले आगजनी गरिदिएको छ ।गयराती मध्यरातमा अज्ञात समुहले पेट्रोल छर्केर आगजनी गरेको इलाका प्रहरी कार्यालय झलारी प्रहरीले जनाएको छ ।इप्रका झलारीका इन्चार्ज नैनसिह साउदले बनसमितिमा पार्किङ्ग गरेर राखेको अवस्थामा पेट्रोल छर्केर आगजनी गरिएको बताए । उनका अनुसार बा २१ च ८५०७ नम्बरको जिप आगजनी बाट पुर्ण नष्ट भएको छ । यसरी जनप्रतिनिधीको निजी सवारी साधनमाथी मध्यरातमा आगजनी भएपछि घटनाको शुक्लाफाँटा नगरपालिकाले भत्र्सना गरेको छ ।
कुनैपनि व्यक्ति तथा जनप्रतिनिधीको निजी सवारी साधन एव निजी सम्पत्तीमा आगजनी गैरकानुनीका साथै अमानविय भएको ठहर छ । शुक्लाफाँटा नगरका प्रवक्ता जगत बहादुर सिहले गाडीको साईरन बजेपछि घटना भएको थाहा भएको बताए । ‘डेढ बजेतिर गाडीमा आलाराम बज्यो, ‘प्रवक्ता सिहले भने, ‘म बाहिर आउँदा गाडीमा आगो लागिरहेको थियो ।’ प्रहरी र दमकमलाई खबर गर्दा सम्म जाडी जलेर नष्ट भईसकेको प्रवक्ता सिहले बताए ।
गाडीमा आगजनी कसले, किन के कारण बाट लगाएको हो, भन्ने बारेमा प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ । तर, गाडीमा आगजनी गरिएको बारे कसैले पनि जिम्मा लिएको छैन् । झलारी प्रहरीले शंकास्पद व्यक्तिमाथी निगरानी र घटनाको शुक्ष्म अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुस