आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि दलहरु चुनावी मैदानमा होमिएका छन । संविधान सभा सदस्य समेत रहेका टेकेन्द्र प्रशाद भट्ट पनि कञ्चनपुर निर्वाचन क्षेत्रबाट प्रदेश सभा सदस्यका उम्मेदवार भएका छन । भट्ट बाम लोकतान्त्रिक गठबन्धन तर्फबाट निर्वाचन क्षेत्र ३(क) प्रदेश सभा सदस्यका उम्मेदवार हुन ।

झण्डै अढाई दशक अघिदेखि राजनीतिमा सकृय रहेका भट्ट ०६४ मा भएको पहिलो संविधान सभा सदस्य निर्वाचनमा भट्ट निर्वाचन क्षेत्र ३ बाट निर्वाचित भएका थिए । प्रदेश भा सदस्यका उम्मेदवार भट्टको नेपाली काँग्रेस पारिवारिक पृष्टभूमि हो ।

भट्टका बाबु स्व.तारादत्त भट्ट काँग्रेस सकृय कार्यकर्ता थिए । बाबुकै प्रेरणाबाट भट्ट बिएस्सी अध्ययन गर्दै गर्दै तत्तकालिन माओवादीले अघि सारेको जनयुद्धमा होमिएका थिए । त्रिभुवन विश्वविद्यालयको महेन्द्रनगर स्थित सिद्धनाथ विज्ञान आंगिक क्याम्पसमा ०५५ सालतिर बिएसस्सी अध्ययनकै क्रममा भट्ट राजनीतिमा होमिएका थिए ।

अध्ययनमा अब्बल भएकै कारण उनी सरकारी क्याम्पसमा विज्ञान विषय अध्ययन गरिरहेका थिए । ०५५ सालतिर नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी इकाई अध्यक्ष हुँदै पार्टीको केन्द्रीय सदस्यसम्म जिम्मेबारी निर्वाह गरिसकेका छन ।

अखिल क्रान्तिकारी सिद्धनाथ विज्ञान क्याम्पस इकाई अध्ययन हुँदै भीमदत्त नगरको नगर अध्यक्ष, ०५६ सालमा जिल्ला अध्यक्षको जिम्मेबारी सम्हालिसकेका छन । ०५९ सालमा कञ्चनपुर–डडेल्धुरा पार्टीको सचिव, ०६० सालमा कञ्चनपुर–डडेल्धुराको जिल्ला इन्चार्ज, ०६१ सालमा कञ्चनपुर जिल्ला अध्यक्ष, ०६४ सालमा संविधान सभा सदस्य निर्वाचित भएपछि राज्यको सासकिय निर्धारण समिति र व्यवस्थापिका ससदको अर्थश्रम सम्बन्धन समिति सदस्य भएर जिम्मेबारी निर्वाह गरेका थिए ।

संसद हुँदा अहिले निर्वाचनका सहकर्मी प्रतिनिधी सभा सदस्यका उम्मेदवार रमेश लेखकसंगै काम गरेर सुप विश्वविद्यालय विधेयक पारित गराउनेदेखि दोधाराचाँदनीमा सुख्खाबन्दरगाह निर्माणका लागि पहलकर्ता रहेका थिए । पाटी निकट मोर्चा सेती महाकाली राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सचिवको जिम्मेबारीमा रहेका भट्ट ०६९ सालमा केन्द्रीय सदस्य र हाल पनि पार्टीको केन्द्रीय सदस्यमा जिम्मेबारी रहेको थियो ।

कञ्चनपुरको विकास निर्माणका लागि थुप्रै पहलकर्ता समेत रहेका भट्टले संविधान निमाणका लागि ३४ दलिय गठबन्धन कञ्चनपुरको संयोजनकर्ताको भूमिका समेत निर्वाह गरेका थिए । कञ्चनपुरको राजनीतिक, आर्थिक, समाजिक परिर्वतन र विकासका लागि भूमिका निर्वाह गरेका भट्टले यस पटक प्रदेश सभा सदस्यको यात्रा तय गरेका छन । भट्टले संविधानको रक्षा गर्दै संविधानमा उल्लेख भएका व्यवस्था संस्थागत गर्न र क्षेत्रको दिगो विकास सम्बृद्धिका लागि आफुले उम्मेदवारी निर्वाह गर्ने एजेण्डा अघि सारेका छन ।

‘मेरो निर्वाचन क्षेत्र उत्तरमा चुरे पश्चिममा महाकाली नदी पुर्वमा पनि नदी, मध्य भागमा बजार क्षेत्र र दक्षिणमा निकुञ्ज क्षेत्रसंगै जोडिएको छ, ‘उनले भने, ‘जिल्लाकै सदरमुकाम केन्द्र भएकाले भएका विद्यमान समस्या समाधान गर्छु ।’ केन्द्रमा समेत राजनीतिक प्रशासनिक पहुँच बनाएका भट्टले प्रदेशकै सार्मथ्य, चाहनाले पनि यस क्षेत्रका ठुला योजना संचालनमा कठिनाई हुने भएकाले केन्द्रसंग आवश्यक बजेट, पालिकासग समन्वय गरेर प्रदेशबाट सक्नेजती काम गर्ने बताए ।

भट्टले निर्वाचन क्षेत्रमा रहेका विद्यमान समस्या, चुरे सहितका नदीखोला नालाको कटानीले कृषियोग्य भूमि क्षतिकरण भएकाले सो जमिन पुर्नरुत्पादन गर्ने, सिँचाई, स्वास्थ्य, खानेपानी, व्यवस्थित शहरीकरण, बेरोजगारी समस्या समाधान, छाडा पशु चौयापाको बहुमुखी व्यवस्थापन, युवा केन्द्रीत उद्यम, औद्योगिकण, शिक्षा स्वास्थ्यको दिगो विकास र सम्बृद्धिका लागि प्रदेशबाट समस्या समाधान गर्ने एजेण्डा अघि सारेका छन ।

प्राविधिक शिक्षादेखि समाजिक विकृती, विभेद हटाउँदै समुन्नत समाज निर्माणका लागि आफुले काम गर्ने बताए । ‘विगतमा संविधान निर्माण अहिले संविधान कार्यान्वयनदेखि स्थानीय जनताका दैनिक जनजिविकामा आउने समस्या हल गर्ने योजना ल्याउँछु, ‘उनले भने, ‘विगतमा पनि मलाई जनताले पल्याएरै संविधान लेख्न पठाए अहिले पनि जनताले थप जिम्मेबारी दिने आशा, विश्वास र भरोसा गरेको छु ।’

विशुद्ध निष्ठा, ईमान्दारिताको राजनीतिमा होमिएका भट्टको किशोरा र युवा अवस्था राजनीतिक जिवनमै व्यतित भएको छ । बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र ३ प्रदेश सभा सदस्यका उम्मेदवार रमेश लेखकसंगै चुनावी प्रचारमा होमिएका प्रदेश सभा सदस्यका उम्मेदवार भट्टलाई बाम लोकतान्त्रिक गठबन्धन र जनताले साथ सर्मथन दिईरहेका छन । विचारमा स्पष्ट वक्ता ईमान्दारका प्रतिक, कर्तनिष्ठ भट्टले समाज र देशका लागि गरेको त्याग, निरन्तर संघर्षको उपज उनलाई जनसर्मथन पाईरहेको छ ।

हामीले नै जन्माएका योजना भएकोले पनि यी पूरा गर्नैपर्ने दायित्व र जिम्मेवारी हाम्रो हो । ‘मेरो तर्फबाट भन्दा यी सबै काम पूरा गर्नेछु भनेर मैले प्रतिबद्धता गर्नु पर्ने नै देख्दिन किनभने यी त मेरा आफ्ना काम हुन, आफुले देखेका सपना हुन, ‘उनले भने, ‘समक्ष गठबन्धनका उम्मेदवारलाई विजयी गराउन हुन अनुरोध गर्दछु । गठबन्धनको जीतमा मात्रै कञ्चनपुरको भविष्य सुनिश्चित छ ।’

प्रतिक्रिया दिनुस