बैतडी । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम आएकै दिन प्रदेशका केही नेता कार्यकर्ताहरुले पाटी परित्यागदेखि माओवादी केन्द्रमा प्रवेस गरेका छन । पाटी अध्यक्ष ओली सुदूरपश्चिम पाईला टेकेकै दिन बैतडीका एमालेका नेता कार्यकर्ता पाटी परित्याग गरिरहेका छन ।

एमाले बैतडीका जिल्ला सल्लाहकार समेत रहेका राज बहादुर भण्डारीले पाटी परित्याग गरेका हुन । बिहीबार भण्डारीले एक प्रेस विज्ञप्ती जारी गर्दै एमाले परित्याग गरेको घोषणा गरेका छन । भण्डारीले टिकट वितरणमा पार्टीमा योगदान पु¥याउनलाई लत्याउँदै निकट वरिपरी घुम्नेलाई टिकट दिएको गुनासो पोखेका छन ।

यस्तै नेकपा एमाले परित्याग गरेर माओवादी केन्द्र प्रवेस गरेका छन । बेदकोट नगरका महिला नेतृ सिता डगौरा, बिन्दु राना सहित माओवादी केन्द्रमा प्रवेस गरेका छन । बिहीबार एक कार्यक्रमका विच एमाले नेतृ डगौरा, रानाले एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेस गरेका हुन ।

माओवादी केन्द्र कञ्चनपुरका युवा नेता कैलाशचन्द्र गिरीले एमाले नेतृ डगौरा, राना सहितलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा क्षेत्र २(क) बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ओम बिक्रम भाट(सरल), माओवादी केन्द्रका जिल्ला संयोजक खेम पाण्डेले खादा ओढाएर पाटीमा प्रवेस गरेका छन ।

एमाले अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम सहित कञ्चनपुर आउने एक दिन अघि उनीहरुले पाटी परित्याग गरेका छन । टिकट वितरणको विषयलाई लिएर एमालेभित्र चरम विवाद रहेको छ । कञ्चनपुर क्षेत्र १मा तीन बागी उम्मेदवार छन । संघ तर्फ खेम सुवेदी प्रदेश तर्फ भक्त बहादुर अधिकारी, टेकसाउद, क्षेत्र २(क)मा टेक हमाल बागी रहेका छन । सुदूरपश्चिम प्रदेशका अन्य क्षेत्रमा समेत एमालेका बागी उम्मेदवार छन ।

प्रतिक्रिया दिनुस