नेकपा (क्रान्तिकारी माओवादी)सहित ४ दलको सयुक्त निर्वाचन बहिस्कारको बिरोध सभा धनगडीमा सम्पन्न भएको छ । मंसिर ४ मा हुनगइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन ४ दलले सयुक्त रूपमा निर्वाचन बहिस्कारका कार्यक्रम गर्दै आएका छन।

सनिवार नेकपा  (क्रान्तिकारी माओवादी )नेकपा बहुमत, नेकपा (मसाल) , माओवादी कम्युनिष्ट नेपालले सुदुपश्चिम प्रदेशको धनगडीमा निर्वाचन बहिस्कारको  सयुक्त बिरोध सभा गरेका छन ।

धनगडी चौराह देखी पार्कमोड सम्म निर्वाचन बहिस्कार गरौँ भन्दै नाराबाजी सहित र्याली गरेर निर्वाचन बहिस्कारको सभामा नेकपा  (क्रान्तिकारी माओवादी )नेकपा बहुमत, नेकपा (मसाल) , माओवादी कम्युनिष्ट नेपालका नेता कार्यकर्ता सहभागि भएका थिए ।

नेकपा  (क्रान्तिकारी माओवादी )नेकपा बहुमत, नेकपा (मसाल) , माओवादी कम्युनिष्ट नेपालले कैलाली र कञ्चनपुरबाट नेता कार्यकर्ता निर्वाचन बहिस्कारको बिरोध सभामा सहभागि थिए ।

नेकपा क्रान्तिकारी माओवादीका सुदुरपश्चिम प्रदेश सेक्रेटरी राम बहादुर महराको अध्यक्षतामा निर्वाचन बहिस्कारको बिरोध सभा भएको थियो । त्यस्तै निर्वाचन बहिस्कारको बिरोध सभामा अतिथि देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपि गजुरेल ,अतिथि नेकपा बहुमतका संयोज धर्मेन्द्र बास्तोला कञ्चन ,अतिथि नेकपा मसालका केन्द्रिय सदस्य लाल बहादुर जाग्री, अतिथि नेकपा क्रान्तिकारी माओवादीका स्थायि सदस्य हरि भक्त कँडेल , अतिथि नेकपा क्रान्तिकारी माओवादीका सुप इन्चार्ज तथा पोलिट व्युरो सदस्य प्रेम सुवेदी ,अतिथि नेकपा बहुमतका केन्द्रिय सचिवालय सदस्य देवि दत्त पान्डे , अतिथि नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य राम बहादुर केसी, नेकपा बहुमतका केन्द्रिय सल्लाहाकार सदस्य डम्वर बिष्ट रहेका थिए । बिरोध सभाको सञ्चालन नेकपा बहुमतका सेतिमहाकाली व्युरो इन्चार्ज महानले गरेका थिए ।

निर्वाचनको बिरोध सभामा बोल्दै अतिथि देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपि गजुरेले चुनाव बहिस्कार गर्न सबैमा अपिल गरे उन्ले भने संसदवादीहरूले जनतालाइ सधै ठग्ने काम गरेका छन अव सबै जनताले निर्वाचन बहिस्कार गरे जन गणतन्त्रको स्थापनाको लागि सहज हुने बताए ।

सुदरपश्चिम प्रदेशका जनताले देशको हरेक आन्दोलन र  राष्ट्रिताको आन्दोलनमा अग्र स्थानमा रहेको बताए । त्यसकारण देश र जनताको लागि प्रतिकृयावादी दलालहरूले गर्न लागेको निर्वाचन बहिस्कार गर्न हुन सुदुरपश्चिमका सबैमा अनुरोध तथा अपिल गरेका थिए ।

त्यस्तै अतिथि नेकपा बहुमतका संयोज धर्मेन्द्र बास्तोला कञ्चनले मंसिर ४ को निर्वाचन दलालहरूको निर्वाचन रहेको बताए । उन्ले भने लुटिखाने दलालहरूले जनतामा भम्र पारेर निर्वाचनको नाटक गरेर चरम भस्टाचार गर्ने र मोज मस्ती गर्ने बताए । नेपालमा दलालहरूको संसदिय व्यवस्था असफल भइसकेकोले अव कार्यकारी प्रधानमन्त्री जनताले चुन्ने व्वस्था हुनुपर्ने बताए । केहि दलालहरूले देशमा भएका  उध्योग कलकारखाना बेचेर खाइ सकेको बताए । अझ जनतालाइ लुष्ट निर्वाचनको नाटक गरिरहेका छन । दलालहरूलाइ बहिस्कार गर्नु पर्ने र वैज्ञानिक समाजवादी व्यवस्था लागु गर्नु पर्ने अवस्था आएको हुदाँ समाजवादी व्यवस्थाका लागि ४ पार्टी संघर्षमा रहेकाले जनताको साथ र सहयोग आवस्यक रहेको बताए।

 

 

प्रतिक्रिया दिनुस