कैलालीमा ट्रकले मोटरसाइललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । भजनी नगरपालिका–६ को नवलपुरस्थित भित्रि सडकखण्डमा ना २ ख १३८१ नम्बरको ट्रकले बा ८६ प ३४८७ को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दुर्घटनामा मोटरसाइकल चालक भजनी नगरपालिका–६ बस्ने २१ वर्षीय अविशेक चौधरीको घटनास्थलमै मृत्यु भएको जानकारी दिएको छ । मोटरसाइकल पछाडि सवार धिरेन्द्र चौधरी समान्य घाइते भएका छन् ।

ट्रक र चालक भजनी नगरपालिका–१ घर भएका चालक श्रम डगौरालाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस