कञ्चनपुर । दिवान सिह विष्ट कञ्चनपुरको राजनीतिमा चर्चित नाम हो । बेलौरी नगरपालिका ६ दुम्ली सीमा क्षेत्र निवासी विष्ट नेता मात्र होईनन, सीमा रक्षा एव समाजवेसीका रुपमा परिचित छन । नेपाली काँग्रेसको झण्डै साढे चार दशक सकृय राजनीतिमा होमिएका विष्ट अहिले प्रदेश सभा सदस्यको यात्रामा छन ।

लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट विष्ट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १(ख) प्रदेश सभा सदस्यका उम्मेदवार भएर चुनावी मैदानमा उत्रिएका छन ।

विष्टलाई उनकै विगत दुई निर्वाचन ०७० र ०७४का मुख्य प्रतिस्पर्धी बिना मगर विष्टकै साथमा छिन । ०३४ पञ्चायकालिन समयदेखि विद्यार्थी राजनीतिमा होमिएका विष्ट अहिलेसम्म काँग्रेस कञ्चनपुरको सकृय राजनीतिमा होमिएका छन ।

०७० सालमा सम्पन्न भएको दोस्रो संविधान सभा सदस्य निर्वाचनमा विष्ट निर्वाचित भएर पहिलो पटक संसद बनेका थिए ।

नेवि संघबाट राजनीतिक शुरुवात गरेका विष्ट ०३५सालमा बेलौरीको चर्चित महाकाली माध्यामिक विद्यालयमा नेवि संघ इकाई अध्यक्ष भएर काम गरेका थिए । देशमा भएका ठुल ठुला परिर्वतन एव आन्दोलनमा प्रत्यक्ष सहभागि भएका विष्टमाथि राज्यबाट गिरफ्तारदेखि झुटा मुद्दा लगाउने काम भए ।

०३६ जनमत संग्रह, ०४२मा बहुदल निर्दल, ०४६मा प्रजतन्ध पुर्नस्थापनाका लागि आन्दोलन र ०६२÷०६३मा राजतन्त्रको हटाउनेदेखि गणतन्त्र पुर्नस्थापनाका लागि भएका आन्दोलनमा प्रत्यक्ष सहभागि भएका विष्ट पटक पटक गिरफ्तारदेखि घाईते भएका थिए ।

०५१ मा नेपाली काँग्रेस क्षेत्र नम्बर १का क्षेत्रीय सभापति भए, ०५८ सालमा नेपाली काँग्रेस जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधी र हालसम्म महाधिवेशन प्रतिनिधी रहेका छन । गत बर्ष सम्पन्न भएको नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा विष्ट केन्द्रीय सदस्यमा चुनाव लडेका थिए । केही मतले मात्रै उनी पराजित भए । ०६३सालमा तत्तकालिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारको पुर्नस्थापनका लागि आरक्षपीडित आयोगका अध्यक्ष भएका विष्टले २ हजार ५सय ८६ परिवारको पहिचान गरेका थिए । विष्ट नेतृत्वको आयोगले हरेक आरक्षपीडितका लागि १० कट्टाका दरले जमिन र घर निर्माणका लागि प्रस्ताव अघि सारेर सरकारलाई प्रतिवेदन बुझाएका थिए । ‘हामीले १४ सय विगाह जमिन आरक्षपीडितका लागि खोजेर समेत सरकारलाई प्रतिवेदन बुझाएका थिए, ‘दिवान सिह विष्टले भने, ‘पछि त्यो प्रतिवेदन अर्को सरकार आएपछि कार्यान्वयन भएन ।’

०७० सालमा सम्पन्न भएको दोस्रो संविधान सभा सदस्य निर्वाचनमा क्षेत्र १बाट निर्वाचित विष्टले उक्त क्षेत्रको विकास निर्माणका लागि थुप्रै पूर्वाधारका कार्यक्रम अघि बढाएका थिए । संसद हुँदा अन्र्तराष्ट्रिय समिति सदस्य भई महत्वपूर्ण जिम्मेबारी निर्वाह गरेका विष्टले क्षेत्रको विकास निर्माणका लागि समेत काम गरेका थिए । निर्वाचित भएपछि निरन्तर क्षेत्रका आउने जानेदेखि जनतासंग अन्तरकृया गर्दै आएका विष्ट जनताका लोकप्रिय नेताकै रुपमा परिचित भएका छन । उनै जनताका लोकप्रिय नेता दिवान सिह विष्ट अहिले कञ्चनपुर निर्वाचन क्षेत्र १(ख) बाट लोकतान्त्रिक बाम गठबन्धनबाट प्रदेश सभा सदस्यको यात्रामा छन । चुनावका लागि अहोरात्र खटिएका विष्टले क्षेत्रको विकास र सम्बृद्धिका एजेण्डा अघि सारेका छन । विष्टले विगतमा संसद भएका बेला क्षेत्रमा हालेका योजना पुरा गर्ने पहिलो एजेण्डा अघि सारेका छन । ‘मैले यस अघि संसद हुँदा क्षेत्रको विकासका र सम्बृद्धिका लागि पठाएका योजना कार्यान्वयन गर्छु, ‘उनले भने, ‘विगतका अधुरा योजना अघि बढाउँछु ।’

कृषकका लागि बेलौरी, बेलडाँडीमा कोल्ड स्टोर स्थापना गर्ने, बेलौरी–बेलडाँडीको सीमा समस्यमा समाधान गर्ने, हुलाकी सडक विस्तार गर्ने, बेलडाँडी बेलौरी जोड्ने छुट्टाछुट्टै सडक सञ्जाल विस्तार गर्ने, बेलौरीमा स्मार्ट सिटी निर्माण गर्ने, ढल निर्माण गर्ने, बेलौरीको छोटी भन्सार पुर्नस्थापना गर्दै स्तर बृद्धि गर्ने, क्षेत्रका ऐतिहासिक प्राकृतिक ताल, तलैया, मठमन्दिर धार्मिक क्षेत्रको प्रर्बद्धन गर्दै पर्यटकीय क्षेत्रको विकास गर्ने । ‘मैले बेलौरी बेलडाँडी क्षेत्रका ठुल ठुला ताल पुरैना, बन्दा, कालिकिच, शोभा तालमा भ्यू टाउर निर्माण गर्छु, ‘विष्टले भने, ‘एकातिर तालको संरक्षण अर्कातिर पर्यटन प्रर्बद्धनका एजेण्डा अघि सार्छु ।’ क्षेत्रको शैक्षिक स्तर बृद्धिका लागि यस क्षेत्रमा रहेका सामुदायिक विद्यालय एव क्याम्पसको स्तर बृद्धि गर्ने, प्राविधिक शिक्षालय विस्तार गर्ने एजेण्डा अघि सारेका छन ।

‘नदी कटानीले क्षेत्रमा उर्बराजमिन कटानी गरिरहेकाले चौधर, झर्नाखोला सहितका ठुला साना नदीखोला नाला नियन्त्रण गर्दै कृषियोग्य जमिन सरक्षित गर्छु, ‘विष्टले भने, ‘यो क्षेत्रमा किसानका अथाह समस्या छन, समाधान गर्छु ।’ निकुञ्ज र बन क्षेत्रमा बन्यजन्तुबाट हुने क्षति न्यूनिकरणका लागि मेसवायर निर्माण गर्दै मानव र बन्यजन्तुको द्वन्द्व नियन्त्रण गर्ने, युवा शक्ति विदेश पलायनबाट रोक्न उद्योग स्थापना गराउने पहल गर्ने एजेण्डा अघि सारेका छन । बेलौरी बेलडाँडीका जनताको उच्च स्वास्थ्य सुविधाका लागि बेलडाँडी, बेलौरीका अस्पतालका साथै मुगौला उपचार केन्द्र निर्माण गर्ने बताए । ‘क्षेत्रभरीकै स्वास्थ्य संस्था एव चौकीहरुमा जनशक्ति सहित उपचार प्रबन्ध गर्छु, ‘विष्टले भने, ‘जनतालाई गाँउ घरमै थुप्रै स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउँछु ।’ आरक्षपीडित, भूमिहिन, सुकुमबासी, मुक्त कमैया, हलिया एव विपन्न नागरिकलाई जमिनको स्वामित्व दिलाउनका लागि अवरतरुपमा काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । विष्टले सुशासन, विकास यसका साथै क्षेत्रको समग्र सम्बृद्धिका लागि स्थानीय, प्रदेश र संघीय सरकारसंगै समन्वय गरेर काम अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन । विष्टले आफ्ना चुनावी एजेडा लिएर क्षेत्रमा निरन्तर घरदैलोदेखिका कार्यक्रम अघि बढाएका छन ।

प्रतिक्रिया दिनुस