कञ्चनपुर । नेपाल कम्युनिष्ट पाटी(विप्लव)ले आगामी ४ मंसिरमा हुने निर्वाचन बहिस्कार गर्ने भएको छ । संसदीय व्यवस्थामा हुने निर्वाचनले जनताको आधारभूत आवश्यकता र राष्ट्रियताका मुद्दा सम्बोधन हुन नसक्ने जिकिर गर्दै नेकपा विप्लवले चुनाव बहिस्कार गर्ने निर्णय गरेको छ ।

नेकपा विप्लव कञ्चनपुरका सेक्रेटरी राजेन्द्र सिह विष्ट(परिर्वतन)ले संसदीय व्यवस्थामा हुने चुनाव बहिस्कार नै हुने बताए । चुनाव बहिस्कारका लागि निरन्तर कार्यक्रम जिल्लामा संचालन भएको सचिव विष्टले बताए ।

‘हामीले पनि कञ्चनपुरमा चुनाव बहिस्कार खारेजीका कार्यक्रम निरन्तर अघि बढाएका छौँ, ‘सचिव विष्टले भने, ‘जनताले संसदीय व्यवस्थामा हुने चुनावको पक्षमा छैनन, बाध्य भएर मात्रै हुन ।’

प्रतिक्रिया दिनुस