महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ (ख) एमाले राप्रपाका साझा उम्मेदवार सुरेन्द्र विष्टले दोधारा चाँदनीको जोगबुढामा पक्की पुल निर्माण गरिने बताएको छन । एमाले कञ्चनपुरका अध्यक्ष एव उम्मेदवार विष्टले दोधराचाँदनी–८ सुन्दरनगरमा चुनावी सभालाई सम्बोधन गदैँ यस्तो प्रतिवद्दता व्यक्त गरेका हुन ।

नेकपा एमाले नेतृत्वको सरकारको समय डिपिआर तयार भएकोले चाँडै जोगबुढा नदीमा पक्की पुल निर्माण कार्यलाई निरन्तरता दिने उनको भनाई छ । त्यस्तै जोगबुढामा पक्की तटबन्ध निर्माण गरिने पनि उनले बताए । ‘अहिले यहाँ माझ आउँदा झुलुङ्गे पुलबाट आएको छु ।’

उनले भने ‘तपाईह?ले यस क्षेत्रबाट जिताएर पठाउनु भयो भने अर्का पटक पक्की बनाएर फर्किने छु ।’ भीमदत्त नगरपालिका निवर्तमान मेयर समेत रहेका विष्टले खैरभट्टी कुतियाकभर विकास मोडेलको ?पमा अघि बढाएका छन । उनले सीमा समस्या समाधान पुर्वाबार विकास र पर्यटनको व्यवसायिकरण योजना बनाएका छन ।

नेकपा एमाले राष्ट्रवादी भएको बताउँदै उनले पार्टी नेतृत्वको सरकार बने सीमा समस्या समाधान गरिने बताए । त्यस्तै उनले दोधराचाँदनीमा रहेको रहेको स्वास्थ्य चौकीलाई अस्पतालको ?पमा विकास गरिने बताए । त्यस्तै कृषियान्त्रीकरणसँगै प्रवल खेतीलाई व्यवसायिकरण र त्यसको बजारिकरण गरिने प्रतिवद्धता व्यक्त गरे ।

उनले ‘दोधराचाँदनीबाट एउटै व्यक्ती १८ वर्षसम्म सांसद, मन्त्री भए तर सय मिटर मात्रै कालोपत्रे भयो ।’ उनले भने ‘पछिल्लो पाँच वर्षमा एमाले नेतृत्वको सरकारले यस क्षेत्रमा गरेको विकासका कामह?बारे तपाईह? जानकार नै हुनुहुन्छ ।’

त्यस्तै उम्मेदवार विष्टले पटक–पटक चुनाव जितेकाले दोधराचाँदनीको विकास गर्न नसकेकोले आफु यस क्षेत्रमा चुनाव लड्न आएको स्पष्ट समेत पारेका छन । त्यस्तै एमालेले दोधाराचाँदनी सुक्का बन्दरगाह निर्माण, महाकाली र जोगबुढामा पक्की तटबन्ध, महाकाली नदी र शुक्लाफाँटालाई पर्यटकीय क्षेत्रको ?पमा विकास गरिने प्रतिवद्धता जनाएको छ । बाबाथानलाई सीमा क्षेत्रको व्यवस्थीत सहर बनाउने पनि एमालेको योजना रहेको विष्टले बताए । विष्टले क्षेत्र ३(ख)मा निरन्तर चुनावी अभियान चलाएका छन ।

प्रतिक्रिया दिनुस