कपिलवस्तु भाद्र २८ ,कपिलवस्तुको कृष्णनगरबाट सशस्त्र प्रहरीबलका निरिक्षक संगीत भट्टको कमाण्डमा खटिएको मोबाइल टोलीले डेढ लाख बराबारको अबैध औषधी नष्ट गरेको छ ।
जिल्लाको कृष्णनगर नगरपालिका वडा नं।३ मा भारत बाट नेपाल तर्फ झोला बोकी आउँदै गरेका व्यक्तिले खटिएको उक्त मोबाइल टोलीलाई देख्न साथ झोला फालेर भारत तर्फ भागेको प्रहरीले जनाएको छ ।
उक्त फालिएको झोला चेक जाँच गर्दा सेन्टिभिन ३ सय पत्ता र जेनसोलिन ३ सय पत्ता अबैध औषधी बरामद गरि आज सशस्त्र प्रहरी बल कृष्णनगरको प्रांगणमा सशस्त्र प्रहरी बल कृष्णनगरका प्रतिनिधि, पत्रकार, नेपाल प्रहरीका प्रतिनिधि र कृष्णनगर स्वास्थ्य चौकीका हेल्थ अस्टिटेन्ट सिराजु अन्सारी लगायतको उपस्थितीमा नष्ट गरिएको छ ।
उक्त अबैध औषधी करिब १ लाख ५० हजार बराबर मूल्यको हुन सक्ने कृष्णनगरका सशस्त्र प्रहरी बलका नायब उपरिक्षक सुशील कुमार शाहीले जानकारी दिए ।दाउन्ने न्यूज बाट

प्रतिक्रिया दिनुस