कञ्चनपुर भाद्र २८ ,भगवती महिला सामुदायिक वन उपभोक्त्ता समुहको आयोजनामा शुकलाफटा नगरपालिका -१ बन्शाहमा आज बाट डेउडा प्रत्योगिता शुरु भएको छ । बन्शाहमा भएको डेउडा प्रत्योगिताले रौनक छाएको छ । डेउडा प्रत्योगितामा १३ जना डेउडिया हरु सहभागि रहेका छन । डेउडिया शान्ती बिष्ट ,बलदेव भट्ट, साबित्री धामी , हेमा जोशी , चन्द्र देव अवस्थी , अर्जुन सार्की , रघुविर धामी (तुफान) , नन्दा जोशी ,गंगा भण्डारी , हजारी बोहरा, मञ्जु गिरी , मंगल शाही , गणेश बम रहेका छन ।

आज पहिलो डेउडा खेलको शुरु शुक्लाफाटा -११ बस्ने शान्ती बिष्ट र शुक्लाफाटा -११बस्ने बलदेव भट्टका बिच प्रतिस्पर्धा भएको थियो । डेउडा प्रत्योगितामा नर बहादुर महरा ,जनक पन्त, धनी दत्त अवस्थी , धन सिंह महरा लगायत चार जना निर्णायक मण्डल रहेका छन । डेउडा प्रत्योगिताको उद्धघाटन प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सदस्य माननीय लाल बहादुर खड्का गर्नु भएको थियो ।

उद्धघाटन कार्यक्रममा बोल्दै माननिय लाल बहादुर खड्काले सुदूरपश्चिमेली हरुको गहनाको रुपमा रहेको डेउडालाई संरक्षण र नया पुस्तामा हस्तातरण गर्नु पर्ने जोड दिए । कार्यक्रमका सभावती धन सिंह महरा , बिशिष्ट अतिथि शुक्लाफाटा नगरपालिका – १ का वडा अध्यक्ष हरिश बिष्ट अतिथि भगवती महिला सामुदायिक वन समुहका अध्यक्ष दुर्गा बिष्ट अतिथि राम जानकी ग्रामिण बिधुत सहकारी संस्थाका अध्यक्ष राम बहादुर महरा( चिन्तक ),लगन शिल युवा सञ्जालका अध्यक्ष रविन्द्र जोशी लगाएत बन्शाहमा रहेका संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।उद्धघाटन कार्यक्रमको सञ्चालन पुष्प राज जोशीले गरेका थिए । भालीको पहिलो खेल चन्द्र देव अवस्थी र अर्जुन सार्की बिच प्रतिस्पर्धा हुनेछ । डेउडा प्रत्योगिता चार दिन सम्म चल्ने आयोजकले जनएको छ ।

प्रतिक्रिया दिनुस