कञ्चनपुर भाद्र २९ ,क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी युवा लिग नेपालीको सुदुरपश्चिम प्रदेश भेला अत्तरीया सम्पन्न भएको छ । भेलाले शुदुरपश्चिम प्रदेशको प्रतिनिधि मुलक ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । भेलाले संयोजकमा लाल किरण लाई चयन गरेको छ।  सदस्यमा प्रेम भट्ट, किशोर जोशी, हरिश जोशी, कमल चौधरी, अनिल भुसाल ,रोसन रेग्मी, राजु यादव ,हरि ज्ञवाली, लगायत रहेका छन । प्रतिनिधि मुलक समिति निर्माण भएको छ अव छिट्टै क्रान्तिकारी युवा लिगको प्रदेश सम्मेलन हुने संयोजक लाल किरणले जानकारी दिनुभयो ।

कार्यक्रममा लाल किरणको अध्यक्षतामा भएको थियो ।कार्यक्रम मा प्रमुख अतिथि नेकपा क्रान्तिकारी माओवादी पोलिटब्युरो सदस्य तथा सुदुरपश्चिम प्रदेश सेक्रेटरी कमरेड अनुकूल अतिथि बिक्रान्त अतिथि डायमण्ड लगायतका नेताहरु रहेको संयोजक लाल किरणले जानकारी दिनुभयो कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी नेता क्रार्यकर्ता हरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अनुकूलले सम्पुर्ण युवा हरुले राष्ट्रीयता जनतन्त्र लगायतका जनता हक अधिकारका लागि संगठित हुनुपर्ने बताए । नया जनवादी क्रान्ति पूरा गर्नेका लागि क्रान्तिकारी युवा हरुको काधमा आएकोले नेकपा क्रान्तिकारी माओवादी निकटको मोर्चा क्रान्तिकारी युवा लिग नेपालमा सम्पुर्ण युवाले गोलबन्द हुन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुस