कैलाली भाद्र २९ ,नेकपा क्रान्तिकारी माओवादी निकट नेपाल दलित मुक्ति मोर्चा नेपाल सुदुरपश्चिम प्रदेशको प्रतिनिधि मुलक भेला सम्पन्न भएको छ । भेलाले ९, सदस्यीय कार्यसमिति चयन गरेको छ । संयोजक बिष्णु राम दमाई उपाध्यय दिनेश ओड सचिव गंगा राम बिक कोषाध्यक्ष लोक बिक सदस्य झक्कु बिक ,अप्सरा बिक ,नविन कामी, निर्मला बिक, राजु तिरुवा रहेका छन ।

बिष्णु राम दमाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा क्रान्तिकारी माओवादी पोलिटब्युरो सदस्य तथा सुदुरपश्चिम प्रदेश सेक्रेटरी अनुकूल अतिथि नेकपा क्रान्तिकारी माओवादी केन्द्रीय सदस्य तथा कञ्चनपुर इन्चार्ज हरि सुवेदी नेकपा क्रान्तिकारी माओवादी केन्द्रीय सदस्य तथा डडेलधुरा इन्चार्ज लाल किरण लगायतका क्रान्तिकारी नेता रहेका छन ।

कार्यक्रम नेकपा क्रान्तिकारी माओवादी नेता कार्यकर्ता हरुको व्यापक सहभागिता रहेको दलित मुक्ति मार्चका संयोजक नेता बिष्णु राम दमाईले जानकारी दिनुभयो ।प्रमुख अतिथि अनुकूलले सम्पुर्ण दलित हरुका हक अधिकारका लाई संगठित हुन आग्रह गर्नुभयो नेपाली कम्युनिस्ट आन्दोलनमा एउटा ठुलो धोका भएकाले अव नया जनवादी क्रान्ति सम्पन्न गर्ने का महिला, दलित ,आदिवासी जनजाति ,थारु ,मुस्लिम समुदाय सबै नेकपा क्रान्तिकारी माओवादीमा गोलबन्द हुन आग्रह गर्नुभयो ।अव नेपालमा कम्युनिष्ट पार्टी नेकपा क्रान्तिकारी माओवादी मात्र रहेको भन्दै क्रान्तिकारी माओवादी बाट नया जनवादी क्रान्ति सम्पन्न हुने भएकाले सम्पुर्ण क्रान्तिकारीहरु राष्ट्रियता जनतन्त्रका सवालमा एक हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुस