पहिलाद राना

कञ्चनपुर । नेपाली काँग्रेस दक्षिणी क्षेत्र पुनर्वासका नेता बन्धु राना सुदूरपश्चिम प्रदेश सभा सदस्यको यात्रामा छन । झण्डै चार दशक बढि समयदेखि अबिरल रुपमा मात्रै नभई अबिचलित भई निष्ठा र विचारको राजनीतिमा कटिबद्ध भएका बन्धु अहिले प्रदेश सभा सदस्यको यात्रामा छन ।

बन्धु राना बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १(क) प्रदेश सभा सदस्यका उम्मेदवार भई चुनावी मैदानमा होमिएका छन ।

०३६ सालमा काँग्रेस निकट नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रामा होमिएका राना पार्टी टुटफुट एव संकटका बेलामा समेत खम्बा जस्तै रहेर दक्षिणी क्षेत्र पुर्नवासमा काँग्रेसको बिउ जोगाउन पछि परेनन ।

आदिवासी जनजाति थारु समुदायका नेता बन्धु रानालाई अन्यपाटी अनेकन बम्पर उपहार नआएका होईनन्, तर उनी कति पनि विचलित नभई अबिरल रुपमा काँग्रेस र लोकतन्त्रकै पक्षमा काम गरिरहे ।

पञ्चायकालिन व्यवस्थादेखि मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आईपुग्दा पार्टीले उनलाई वडाध्यक्षदेखि गाँउप्रमुख र गाँउ समितिदेखि महासमिति हुँदै उप सभापतिसम्म जिम्मेबारी दियो । ०३६ सालको जनमत संग्रह, ०४६ र ०६२÷०६३ को जनआन्दोलनमा काँग्रेसको सच्चा सिपाई भएर काम गरेका बन्धु राना अहिले पार्टीले दिएको जिम्मेबारी अनुरुप प्रदेश सभा सदस्यको मैदानमा होमिएका छन ।

०५१ सालमा तत्तकालिन परासन गाविस ९ नम्बर वडाको वडाध्यक्ष, ०५६मा परासन गाँउ विकास समितिको उपाध्यक्षमा पराजित भई जनताको सेवा गरिसकेका राना अहिले प्रदेश सभा सदस्य नै बनेर जनताको सेवा गर्ने सपना बोकेर हिडेका छन ।

पार्टीको गाँउ समिति, महासमिति सदस्यदेखि नेपाली काँग्रेस कञ्चनपुरको उप सभापतिसम्म जिम्मेबारी निर्वाह गरिसकेका राना राजनीतिक रुपमा काँग्रेस दक्षिणी क्षेत्रका खम्बा नै हुन । उनले किशोरा अवस्थादेखि ६३ बर्षको उमेरसम्म पार्टीको बिरासत जोगाईराखे ।

सीमावर्ती क्षेत्रका स्थानीय समेत रहेका रानाकै खेतमा भारतीय पक्षले ०६१ सालमा पिलर गाडेसंगै भारतीय अतिक्रमणकारीसंग डटेर लडेका रानालाई काँग्रेसको पहिचान मात्र होईन मातृभूमि रक्षकका रुपमा समेत चिन्छन ।

काँग्रेसको जिल्ला नेतृत्वसम्म पुग्दा राना नेता कार्यकर्तामाथि समेत लोकप्रिय हुन । उनलाई आम काँग्रेस नेता कार्यकर्ता सोझासाझा, ईमान्दार पाटी र जनताप्रति उत्तरदायी नेताका रुपमा चिनाउँछन । उनी उम्मेदवार बनेकै बर्ष काँग्रेसले पुनर्वास नगरपालिका समेत जितेको छ ।

आफ्नो पाटी सहित माओवादी केन्द्र, समाजवादी, जनमोर्चाको साथ सर्मथनमा प्रदेश सभा सदस्यको यात्रा तय गरेका रानाले चुनाव लड्न लागेको क्षेत्रको सम्बृद्धिका लागि दर्जनौँ एजेण्डा अघि सारेका छन ।

रानाले राष्ट्रिय एजेण्डा सहित क्षेत्रको सम्बृद्धि र विकासका लागि सीमादेखि कटानी नियन्त्रणका एजेण्डा अघि सारेका छन । ‘हाम्रो पाटी अहिले चार दलिय गठबन्धनमा छ, ‘प्रदेश सभा सदस्यका उम्मेदवार बन्धु रानाले भने, ‘संविधानको रक्षाका साथै संविधानले नेपाली जनताका लागि ल्याएका हक अधिकार रक्षा गर्छु ।’

यसका साथै दुई पालिका पुनर्वास र लालझाडी निर्वाचन क्षेत्र रहेको बन्दु रानाले क्षेत्रको विकासका लागि सीमा सुरक्षा, कृषि, पूर्वाधारलाई प्राथमिकता दिएका छन । ‘हेर्नुहोस पुनर्वास नगरपालिका अधिकाँस सीमा क्षेत्र छ, जहाँ थुप्रै सीमा विवाददेखि अनेकन झन्झट छ, ‘उनले भने, ‘मैले मेरो तहबाट सीमा समस्या समाधानका लागि निरन्तर पहल गर्छु ।’

सीमा विवाद विद्यमान हुँदा भारतीय भन्दा नेपाली नागरिक त्यसमा पनि पुर्नवासका जनता बढि मारमा परेका छन । सीमा सुरक्षाका लागि थप बिओपी विस्तारदेखि दिर्घकालिन रुपमा समधान गर्ने रानाको एजेण्डा छ ।

यसका साथै लालझाडी र पुनर्वास नगरपालिका दोदा नदीको कटानीको उच्च जोखिम र कृषियोग्य भूमि बर्षनी कटानी गरिरहेको बताउँदै रानाले एकातिर नदी नियन्त्रण गरेर कृषियोग्य भूमि सरक्षण र सिँचाई सुविधा पु¥याउने बताए ।

यसका साथै बन्धु रानाले पुनर्वास र लालझाडी गाँउका सबै सडक स्तरोन्नती गर्ने, यस उक्त क्षेत्रमा रहेका आदिवासी जनजाति, थारु सबै जातजाति समुदायको धर्म कला, संस्कृति संरक्षणका लागि योजना ल्याईने, शिक्षा, स्वास्थ्य, खानेपानी, संचार, पर्यापर्यटन, जगली जनावरबाट हुने क्षति न्यूनिकरण, किसानका लागि विशेष कार्यक्रम, रोजगारीमुलक उद्योग स्थापना, युवा, महिला स्वरोजगारका कार्यक्रम संचालन गर्ने एजेण्डा अघि सारेका छन ।

क्षेत्रको पर्यापर्यटन र वन सम्पदा संरक्षण गर्दै जनतालाई आर्थिक गतिबिधीसंग जोड्ने बताए । कृषि उत्पादनलाई प्रदेश राजधानीमा खपत गरेर किसानले उत्पादन गरेका बस्तु तथा सेवा खपत गर्ने, खेलकुद विकास गर्दै युवाहरुलाई शिक्षा र स्वास्थ्यमा जोड्दै क्षेत्रका सबै जनताको स्वास्थ्यमा सुधार ल्याउने एजेण्डा अघि सारेका छन ।

प्रतिक्रिया दिनुस