महेन्द्रनगर । नेपाल कम्युुष्ट पार्टी समाजवादीका भिमदत्त नगरपालिका वडा नं. २ का वडा सचिव कमल पार्की नेपाल कम्युष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । मंगलबार लोकतान्त्रीक वाम गठबन्धनको टोल भेलामा समाजबादीका वडा सचिव सहति रमेश पार्की वडा सदस्य लगायतका नेता कार्यकर्ताहरुलाई माओवादी केन्द्रका जिल्ला ईन्र्चाज तथा निर्वाचन क्षेत्र नं. ३ (१)का प्रदेश सभा उमेदवार टेकेन्द्र भट्टले टिका तथा खादा लगाएर पार्टी प्रवेश गराउनु भएको हो ।

सामाजवादी पाटीमा नाताबाद र कृपावादले आफुहरु ओझेलमा परेको र विना संगठनको पार्टीले समाज र जनताका सेवा गर्न नसकी भन्दै अहिलेको लोकतान्त्रीक वाम गठबन्धनका उमेदवारलाई विजय गराउने र नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेको बताएका छन् । आफुले लडेर ल्याएको व्याबस्थाका विरुद्धमा आफ्ना नेताहरुको साटगाठ बढेकोले आफुले समाजवादी छाडेर माओवादीमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुस